नेपाली कांग्रेस खोटाङको जिल्ला सभापतिमा सर्वधन राई र विष्णुकुमार राईको उम्मेद्वारी

  • प्रकाशित मितिः मंसिर ६, २०७८
  • 877 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, मङ्सिर ६–नेपाली कांग्रेस खोटाङको जिल्ला सभापतिमा पूर्व पर्यटन तथा नागरिक उड्ययन राज्यमन्त्री सर्वधन राई र कांग्रेस पूर्व सभापति विष्णुकुमार राईको उम्मेद्वारी परेको छ । सातौं जिल्ला अधिवेशनका लागि चार जनाको उम्मेद्वार घोषणा भएमध्ये मङ्सिर ६ गते राईद्वयको उम्मेद्वारी परेको हो ।
राईद्वय सहित रविप्रकाश राई र भूपेन्द्र राई गरी चार जनाले सभापतिमा उम्मेदवारी दिने घोषणा गरे पनि दुई जनाले मात्र उम्मेद्वारी दिएका थिए । उनीहरुमध्ये रविप्रकाश राई र भूपेन्द्र राईले पनि सर्वधन राईकै प्यानलमा उभिएका हुन् । सर्वधन राई देउवा पक्षका हुन भने विष्णुकुमार राई रामचन्द्र पौडेल पक्षका हुन् ।
उपसभापतिमा सर्वधन राईको प्यानलबाट मनोज मिमिल्सेना र राजन सैंजू तथा विष्णुकुमार राईको प्यानलबाट इवन राई र तीर्थराज भट्टराईको उम्मेद्वारी परेको छ । सचिवमा सर्वधन राईको प्यानलबाट रोजन राई र राम साम्पाङ तथा विष्णुकुमार राईको प्यानलबाट समीर राई र ज्ञानेन्द्र जोशीको उम्मेद्वारी परेको छ । सहसचिवमा सर्वधन राईको प्यानलबाट राजकुमार राई र ध्यानबहादुर राई तथा विष्णुकुमार राईको प्यानलबाट सालिकराम बन्जरा र सार्जन राईको उम्मेद्वारी परेको छ । मङ्सिर ७ गते हुने मतदानमा एक हजार तीन सय ७३ जनाले मतदान गर्ने निर्वाचन समितिका सदस्य शिवहरि ढकालले बताए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित