सविना अछामे–
खोटाङ, मङ्सिर ५–जिल्ला प्रशासन कार्यालयले राहदानी (एमआरपी) फारम सङ्कलन बन्द गरेको छ । विद्युतीय राहदानी वितरणको तयारी भएकाले राहदानी फारम बन्द गरेको हो ।
विद्युतीय राहदानी वितरणका लागि राहदानी फारम सङ्कलन नगर्न राहदानी विभागले मङ्सिर २ गते पत्र पठाएपछि मङसिर ३ गतेदेखि नै राहदानी फारम सङ्कलन बन्द गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
विद्युतीय राहदानी वितरणको व्यवस्थाका लागि प्रविधि सहितको प्राविधिकको टोली आउ“ने र करिब १५ दिनपछि जिल्लाबाटै विद्युतीय रा हदानी वितरण सेवा सुरु हुने सहायक प्रमुख जिल्ला अधिकारी विकल श्रेष्ठले बताए । जिल्ला प्रशासन कार्यालय र तोकिएका इलाका प्रशासन कार्यालयमा विद्युतीय राहदानी जारी गर्ने कार्यका लागि प्रत्यक्ष दर्ता प्रणाली जडान सुरु गर्न लागिएको प्रशासनले जनाएको छ ।
यसअघि प्रशासनकै कर्मचारीमार्फत राहदानी ल्याउने गरिएकामा अब भने हुलाक मार्फत आउ“ने सहायक प्रमुख जिल्ला अधिकारी श्रेष्ठले बताए । हस्त लिखित पहिलो, मेसिन रिडेबल पासपोर्ट (एमआरपी) दोश्रो र विद्युतीय राहदानीलाई तेश्रो जेनेरेसन मानिएको छ । विद्युतीय राहदानीलाई जेनेरेसन मानिएको छ ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ १७–साकेला ग�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ १५–दिक्तेल �... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ ९–बालिकाला�... ... ...
दिनेश राई–खोटेहाङ, जेठ ८–खोटेहाङ गाउँपालिकाल�... ... ...
ममता राई–खोटाङ, जेठ ८–खोटेहाङ गाउँपालिका–५ च... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2023 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित