खोटाङ कांग्रेस सभापतिमा चार जनाको उम्मेदवारी घोषणा

  • प्रकाशित मितिः कार्तिक ३०, २०७८
  • 621 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, कात्तिक ३०–कांग्रेसको जिल्ला अधिवेशनको रौनक बढेको छ । आगामी मङ्सिर ६ गते सम्पन्न हुने सातौ जिल्ला अधिवेशन नजिकै जादा कांग्रेसीजनमा अधिवेशनको रौनक बढेको हो । दौडधुप, कार्यकर्ता भेटघाट र छलफल तिब्र पारेका छन् । 
जिल्ला अधिवेशनका लागि लगभग चार जनाले जिल्ला सभापतिमा उम्मेदवारी घोषणा भएको छ । यसमध्ये सर्वधन राई, रविप्रकाश राई, विष्णुकुमार राई र भूपेन्द्र राईको उम्मेदुवारी घोषणा भएको हो । 
सबैभन्दा पहिले गत कात्तिक २३ र २४ गते हलेसीमा भएको कांग्रेस जिल्ला सभापति नरेशकुमार श्रेष्ठको अगुवाईमा भएको मेलाले विष्णुकुमार राईलाई सभापति बनाउ“ने निधो गरेको छ । पूर्व सभापति समेत रहेका राईको प्यानलमा उपाध्यक्षमा इवन राई र तीर्थराज भट्टराई, सचिवहरुमा ज्ञानेन्द्र जोशी र समिर राईलाई बनाउ“ने छिनोफानो गरेको हो । सहसचिवमा बराहापोखरी गाउ“पालिका अध्यक्ष सालिकराम बन्जरा र सार्जन राईलाई उठाउ“ने टुङ्गो गरेको भएको कांग्रेस जिल्ला सचिव ज्ञानेन्द्र जोशीले बताए । 
पूर्व राज्यमन्त्री समेत रहेका सर्वधन राईको प्यानलमा उपसभापतिमा मनोज तिमिल्सेना र सचिवमा रोजन राई बाहेक अरुको नाम सार्वजनिक भएको छैन । भूपेन्द्र राईको प्यानलबाट उपसभापतिमा चन्द्रबहादुर थापा र सहसचिवमा ध्यानबहादुर राईको नाम सार्वजनिक गरेका छन् । अन्यको नाम भने सार्वजनिक भएको छैन । रविप्रकाश राईले भने आफू एक्लैको उम्मेद्वारी घोषणा गरेका छन् । खोटाङमा करिब एक हजार चार सयको हाराहारीले चुनावमा मतदान गर्ने छन् ।

 

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित