एमाले राष्ट्रिय महाधिवेशन प्रतिनिधि छानिए

  • प्रकाशित मितिः कार्तिक २८, २०७८
  • 1324 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, कात्तिक २८–नेकपा एमालेले महाधिवेशन प्रतिनिधि टुङ्गो लगाएको छ । कात्तिक १०–१२ गते चितवनमा हुने राष्ट्रिय महाधिवेशनका लागि कात्तिक २६ गते बसेको एमाले खोटाङ सचिवालयको बैठकले प्रतिनिधि छनौट गरेको हो । 
छनौट हुनेहरुमा हरिकुमार पोखरेल, पा“चकर्ण राई, उषाकला राई, रामप्रसाद दङ्गाल, इन्द्रप्रसाद दङ्गाल, खडेन्द्र साङ्पाङ, देवविक्रम राई, कुमार आचार्य, दीपनारायण रिजाल, चर्चबहादुर विश्वकर्मा, चक्रबहादुर(दिलचक्र) राई, विणादेवी राई, गोमा मगर, पुष्पकला भुजेल छनौट भएका छन् । त्यस्तै केन्द्रीय कमिटीबाट मनोनित हुनेका लागि सुरेन्द्र राई र दिलकुमारी राईलाई सिफारिस गरिएको छ । विशाल भट्टराई, खगेन्द्र राई, कर्ण घले र रमेशकुमार पौडेल भने अन्य क्षेत्रबाट प्रतिनिधित्व हुने भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित