नेकपा मालेका चार केन्द्रीय सदस्य नेकपा एकीकृत समाजवादीमा प्रवेश

  • प्रकाशित मितिः कार्तिक २५, २०७८
  • 536 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, कात्तिक २५–नेकपा मालेका केन्द्रीय सदस्य केपी शर्मा फुयाल लगायत चार जनाले पार्टीबाट राजिनामा दिएका छन् । कात्तिक २५ गते संयुक्त विज्ञप्ती जारी गर्दै पार्टीबाट राजिनामा दिएका हुन् ।
खोटाङबाट केन्द्रीय समितिमा रहेका फुयाल र श्यामराज राई, सिरहाका कालिप्रसाद यादव र तनहुका शंकर पोखरेलले संयुक्त विज्ञप्ती जारी गरी माले छाडेको घोषण गरेका हुन् । नेकपा माले पछिल्लो चोटी वैचारिक र सैद्धान्तिक हिसावले बिचलित भएकाले छाड्नु परेको पूर्व सांसद समेत रहेका फुयालले बताए । ‘पछिल्लो समयमा संघीयता खारेज गर्ने, धर्मनिरपेक्षता हटाउ“ने, राजावादीहरुसंग सा“ठगा“ठ गर्ने, केपी ओलीको असंवैधानिक कदमलाई घुमाउ“रो पाराले समर्थन गर्ने लगायतका गतिविधिले पार्टी छाडिएको हो ।’ फुयालले भने–‘यस्तो विचार भएको पार्टीमा रहन नसक्ने भएपछि बाहिरिएका हौ ।’
माले छाड्न साथ कात्तिक २५ गते नै नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेको समेत फुयालले बताए । फुयालले आफू लगायत चारै जनालाई एकीकृत समाजवादी पार्टीले केन्द्रीय सदस्य दिने बताए । यद्यपि अहिले नै आधिकारिक रुपमा घोषणा भने भइनसकेको बताए । उनले खोटाङ, तनहु र स्याङ्जा नेकपा माले जिल्ला कमिटीका सबै पदाधिकारी नेकपा एकीकृत समाजवादीमा समाहित भएको समेत बताए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित