नमस्ते खोटाङ संवाददाता–
खोटाङ, कात्तिक २५–राष्ट्रिय जनगणनाका लागि कात्तिक २५ गतेदेखि गणकहरु मार्फत विवरण सङ्कलन सुरु भएको छ । जिल्लाको करिब ४१ हजार घरपरिवारमा करिब दुई सय ९० जना गणक खटाइएको छ ।
जिल्ला जनगणना कार्यालय खोटाङले कात्तिक २५ गते पत्रकार भेटघाट कार्यक्रम आयोजना गरी उक्त जानकारी गराएको हो । जनगणनाका लागि भदौ ३० गतेदेखि असोज १८ गतेसम्म ७१ सुपरिवेक्षकले सूचीकरण गरेका थिए । त्यसै सूचीकरणको आधारमा गणकले विवरण सङ्कलन सुरु गरेको जिल्ला जनगणना अधिकारी जितबहादुर कोइरालाले बताए ।
घर–घरमा सुपरिवेक्षक नआएको गुनासो :
कार्यक्रममा पत्रकारहरुको घर–घरमा सुपरिवेक्षक नआएको र यसले तथ्य विवरण आउ“न नसक्ने गुनासो गरेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं १ दिक्तेलको माटिकोरे, वडा नं २ सोल्माको क्याम्पसटोल, वडा नं ११ खार्मी लगायतका ठाउ“हरुमा सुपरिवेक्षक नआई मनगणन्ते विवरण पेश गरेको पत्रकारहरुले औल्याएका छन् । सम्वन्धित घरमा गएर घरको तला, अक्सर बसोबास, कृषि प्रयोजनका लागि प्रयोग गरिएको जग्गा, पालेको पशुपन्छीको संख्या, सरकारी अनुदानमा बनेको घरहरु, बैंक खाता हुनेहरुको संख्या, प्राविधिक तथा व्यवसायिक तालिम लिनेको संख्या, बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण हुने विवरण लगायतका विषय घरमा नआई हावादारी विवरण भरेर बुझाइएको भन्दै पत्रकारहरुले प्रश्न उठाएका हुन् । जिल्ला जनगणना अधिकारी कोइरालाले भने छुटेको विवरण समावेश गरिने बताए ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १८–उभौली�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १७–श्रम स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित