सविना अछामे–
खोटाङ, कात्तिक १४–नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा अनुशासन आयोगका प्रमुख टंक राईले प्रतिगामी पक्षधरहरुलाई हराउ“न चुनावमा पनि गठबन्धन कायम राखिने बताएका छन् । कात्तिक १३ गते प्रेस सेन्टरले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै राईले त्यसो भनेका हुन् ।
एमाले प्रतिगामी भएकाले उसलाई माथिदेखि तलसम्मै हराउ“न कांग्रेस, जनता समाजवादी, एकीकृत समाजवादी लगायतसंग माओवादीको चुनावी गठबन्धन हुने बताए । ‘प्रतिगामी एमालेलाई हराउ“न कांग्रेस, जनता समाजवादी, एकीकृत समाजवादी र माओवादीको चुनावी गठबन्धन हुन्छ’ राईले भने ।
राईले स्थानीय, प्रदेश र संघीय गरी तीनै तहको चुनाव एकै चोटी गरिने समेत बताए । नेकपा माओवादी केन्द्र तीन तहको चुनाव एकै चोटी गर्ने तयारीमा रहेको राईले बताए । ‘पटक–पटकको सबैलाई झन्जट हुने र एकै चोटीको चुनावले जनताको समय, राज्यको खर्च जोगिन्छ ।’ राईले भने–‘त्यसैले नेकपा माओवादीले तीनै तहको चुनाव एकै चोटी गर्ने प्रस्ताव गरेको हो ।’
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ ३१–हलेसी तु�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ ३०–किराती स�... ... ...
सविना अछामे–खोटाङ, जेठ २९–जिल्ला खेलकुद विकास ... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ २९–दिक्तेल �... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ २३–जिल्लाक�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित