खोटाङ घुम्न आएका पुरुषको लडेर ज्यान गयो

  • प्रकाशित मितिः कार्तिक ८, २०७८
  • 713 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, कात्तिक ८–खोटाङ घुम्न आएका धरान नगरपालिका–१५ घरभई हाल हङ्कङ बस्ने ५४ वर्षीय किसन राईको लडेर ज्यान गएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ बुवालुङस्थित पङ्खुखोलाको भीरमा कात्तिक ७ गते लडेर ज्यान गएको प्रहरीले जनाएको छ ।
सौच गर्न जान्छु भन्दै टिस्यु पेपर लिएर हिडेका राई आधा घण्टासम्म नआएपछि खोजतलास गर्ने क्रममा प्रहरी सहित स्थानीयको टोलीले राती दश बजेतिर मृत फेला पारेका हुन् । सडकबाट तल करिब दुई सय मिटर भीरमुनि फेला परेको घटनास्थल पुगेका प्रहरी निरीक्षक सागर साहले बताए । हलेसीदेखि भोजपुर जाने क्रममा सौच गर्न भनेर गएको बेला लडेर ज्यान गएको प्रहरीको भनाई छ । राईको शव जिल्ला अस्पताल दिक्तेलमा ल्याइएको छ । मृतकका आफन्त आएपछि पोष्टमार्टम गरिने साहले बताए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित