अझै सुध्रिएन यातायात बेथिति

  • प्रकाशित मितिः आश्विन १८, २०७५
  • 1384 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता-
खोटाङ, असोज १८–जिल्लामा यातायात बेथिति अझै कायम छ । प्रशासन तथा नगरपालिकाको पटक–पटक बेथिति सुधारको निर्देशन समेत अवज्ञा परेका छन् ।
अव्यस्थित र सा“गुरो दिक्तेलबजारको सडकमा जताततै पार्किङले सवारी दुर्घटनाको जोखिम बढेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं–१ आचार्य गाउ“ र वडा नं–२ डा“डागाउ“मा बसपार्क भए पनि त्यहा“ सार्वज्निक सवारी साधन नराखी दिक्तेल बजारका जताततै पार्किङ गरिएको छ । यसले सवारी जोखिम बढेको हो । 
त्यसो त बजारको सा“गुरो सडकमा जथाभावी पार्किङका साथै निर्माण साममग्री अस्रेल्लो राखि“दा झनै सवारी जोखिम बढेको छ । यसप्रति सम्वन्धित निकायको ध्यान गएको छैन । पटक–पटक ध्यानाकर्षण गराउ“दा समेत प्रहरी तथा नगरपालिकाले ध्यान नदिएको स्थानीयको गुनासो छ । 
दिक्तेलको त्रिवेणीचौक, बेसक्याम्प, सल्लेरीटोल, बैंकचौक लगायतका ठाउ“मा मालबाहक तथा अन्य निजी गाडी पार्किङ गर्ने गरेकाले सवारी दुर्घटनाको जोखिम बढेको हो । जथाभावी पार्किङले विद्यालय समयमा दुर्घटना जोखिम बनेको छ । यसप्रति नगरपालिका तथा सम्वन्धित निकायको ध्यान नगएको खोटाङ उद्योग वाणिज्य संघका अध्यक्ष राजु लयालुले बताए । ‘मालबाहक गाडी जतातता पार्किङ गरेर सडक अबरुद्ध भइरहेको छ ।’ लयालुले भने–‘यसले सडक जोखिम बनेको छ ।’ 
यसबाहेक दिक्तेलबजारमा मापदण्ड विपरित घर निर्माण भइरहेको अध्यक्ष लयालुले बताए । स्थानीय सरकारको क्षेत्राधिकारभित्र रहेर नगरपालिकाले कडाइका साथ काम गर्न नसकेको लयालुले जनाए । ‘स्थानीय सरकारको प्रत्याभूति हुने खालको काम भएको छैन ।’ लयालुले भने–‘यसमा नगरपालिकाले ध्यान दिनु पर्छ ।’
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दीपनारायण रिजालले भने सडक व्यवस्थित गर्न प्रहरीलाई अनुरोध गरेको बताए । ‘डिएस्पीसंग बसेर दिक्तेलबजारको सडकमा जथाभावी गरिने पार्किङ र यत्रतत्र राखिएका निर्माण सामग्री हटाउ“ने सल्लाह भइसकेको छ ।’ प्रमुख रिजालले भने–‘अब छिट्टै यसको समाधान हुने छ ।’ प्रमुख रिजालले भने–‘नगरपालिकाले पनि माइकिङ गरिरहेको छ ।’
यातायात व्यवसायी संघ खोटाङका अध्यक्ष विष्णुकुमार श्रेष्ठले भने प्रशासन र नगरपालिकाको निर्देशन अवज्ञा भन्दा पनि चालकहरुले नटेरेकाले यस्तो भएको बताए । ‘प्रशासन–प्रहरीले कारबाही गर्नु प¥यो ।’ श्रेष्ठले भने–‘भनेर मात्र नहुने भयो, कारबाही नगरी नहुने रैछ ।’
प्रमुख जिल्ला अधिकारी सुरेन्द्रराज पौडेलले भने शनिबारको बैठकमा बजारमा यातायातको साधन नराख्ने, विद्यालय समयमा बजारमा याताायतका साधन नभित्राउ“ने लगायतका निर्णय भएको र त्यसै आधारमा कार्यान्वयनका लागि प्रहरीलाई निर्देशन गरिसकेको बताए । 
प्रहरी नायव उपरीक्षक राजकुमार केसीले भने सम्वन्धित यातायात व्यवसायीहरु सम्मिलित भएको पहिलो कर्तव्य व्यवसायीहरुकै भएको बताए । यद्यपि यसलाई कडाइका साथ कार्यान्वयन गर्ने डिएस्पी केसीले जनाए । ‘बजारको सडकमा जथाभावी पार्किङ हटाउनेबारे मातहतका प्रहरीलाई निर्देशन दिइसकेको छु ।’ केसीले भने–‘विद्यालय समयमा सडकै ढाकेर विद्यार्थी हिड्ने गरेको र त्यसले दुर्घटनाको जोखिम हुने भएकाले लाइन लागेर हिड्न सम्वन्धित विद्यालयका प्रअलाई अनुरोध गरिएको छ ।’ यद्यपि यसको कार्यान्वयन भने भएको देखिदैन ।

 

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित