ट्याक्टर दुर्घटनामा एक जनाको ज्यान गयो

  • प्रकाशित मितिः आश्विन १६, २०७८
  • 627 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, असोज १६–ट्याक्टर दुर्घटनामा एक जनाको ज्यान गएको छ । रसुवाबाट बालुवा बोकेर दिक्तेल ल्याउ“दै गरेको स १ त ७०७१ नम्बरको ट्याक्टर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलामा असोज १५ गते राती दुर्घटना हुदा उक्त नगरपालिका–१२ जालपाका १९ वर्षीय डिलक्स राईको घटनास्थलमै ज्यान गएको हो ।
राती करिब दश बजेतिखर भएको दुर्घटनामा ज्यान गुमाउने राई उक्त ट्याक्टरका सहचालक हुन् । हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारका चालक २३ वर्षीय महेन्द्र राई प्रहरी नियन्त्रणमा रहेको प्रहरी नायव उपरीक्षक उमेश लम्सालले बताए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित