सविना अछामे–
खोटाङ, असोज १३–बैंकिङ कसु्र मुद्दामा फरार जन्तेढुङ्गा गाउ“पालिकाका एक युवा पक्राउ परेका छन् जन्तेढुङ्गा गाउ“पालिकाका–३ काहुलेका २६ वर्षीय खगेन्द्र खत्री पक्राउ परेका छन् । काठमाडौं कपन बालुवाखानी बस्दै आएका खत्री असोज १२ गते पक्राउ परेका हुन् ।
उच्च अदालत पाटनले २०७७ पुस २८ मा बैंकिङ कसुर मुद्दामा ४ दिन र एक लाख ६५ हजार रुपैंया“ जरिवाना सुनाएका खत्रीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको हो । अभियुक्तमाथि २०७७ सालमा आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभए पनि झुक्याएर नेपाल ग्लोबल आइएमइ बैंकमा रहेका खाताबाट भुक्तान हुने गरी पीडितलाई १० लाख ६५ हजार रुपैया“ बराबरको चेक काटेर दिएको अभियोग छ ।
पक्राउ परेका खत्रीलाई फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालत पेश गरिएको छ । बैंकिङ कसुर सजाय ऐन २०६४ को दफा ३ (ग) बमोजिमको कसुरमा ठहरी उच्च अदालत पाटनले खत्रीलाई ४ दिन र १० लाख ६५ हजार रुपैंया“ जरिवाना सुनाएको थियो ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १८–उभौली�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १७–श्रम स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित