विद्युत कर्मचारी मृत फेला

  • प्रकाशित मितिः आश्विन १३, २०७८
  • 517 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, असोज १३–नेपाल विद्युत प्राधिकरण दिक्तेल वितरण केन्द्रका एक कर्मचारी मृत फेला परेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका मनोरथ बास्तोला रावाबेसी गाउ“पालिका–३ लामिडा“डाको तिर्पामा मृत फेला परेका हुन् ।
मिटर रिडर गर्न तिर्पा पुगेका बास्तोला बास बसेकै ठाउ“मा मृत फेला परेको नेपाल विद्युत प्राधिकरण दिक्तेल वितरण केन्द्रका प्रमुख ललितनारायण चौधरीले बताए । बास्तोला ५–६ वर्षदेखि विद्युत प्राधिकरणको दिक्तेल वितरण केन्द्रमा कार्यरत थिए । असोज ११ गते सोमबार बिहान अबेरसम्म नउठेपछि उठाउन जा“दा बास्तोला मृत फेला परेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित