सविना अछामे–
खोटाङ, असोज ७– शिक्षासेवी इमानसिं राईको ९६ वर्षको उमेरमा निधन भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङ निवासी राईको असोज ६ गते काठमाडौंस्थित शिक्षण अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
सिकिस्त बिरामी परेपछि राईलाई हेलिकोप्टर मार्फत काठ्माण्डौं लगिएको थियो । २०२३ सालमा बेलायती सेनाबाट अवकाशपछि शिक्षक पेशा प्रवेश गरी २०४७ सालमा शिक्षक पेशा सेवाबाट समेत पेन्सन पकाएका हुन् । २०२३ सालमा बेलायती सेनाबाट अवकाश पाएका राईले २०४७ सालमा शिक्षकबाट अवकाश लिएका थिए ।
महेन्द्रोदय मावि ओख्रे डा“डागाउ“मा लामो समयसम्म प्रअ र दिक्तेल इङ्लिस बोर्डिङ स्कुलका संस्थापक प्रिन्सिपल समेत हुन् । यस बाहेक उनले २०५४ सालमा साबिक बाम्राङ गाविसका अध्यक्ष समेत निर्वाचित भएका थिए ।
शिक्षा, राजनीति तथा समाजसेवामा उल्लेख्य भूमिका निर्वाह गरेका राईलाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले २०७५ सालमा एक लाख राशीको ‘नगर व्यक्ति पुरस्कार प्रदान गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत १६–खोटाङ से�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत १५–खोटाङ र भ... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत १४–जन्तेढु�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत १४–चैत १५ गत... ... ...
खोटाङ, चैत १४–जन्तेढुङ्गा गाउँपालिकामा बाँसबाट... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित