आमाको नामबाट सहज रुपमा नागरिकता दिन लगायतका माग राख्दै अनेमसंघ (क्रान्तिकारी)ले ज्ञापनपत्र बुझायो

  • प्रकाशित मितिः आश्विन ४, २०७८
  • 946 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, असोज ४–अखिल नेपाल महिला संघ (क्रान्तिकारी)ले आमाको नामबाट सहज रुपमा नागरिकता दिन लगायतका विभिन्न माग राख्दै जिल्ला प्रशासन कार्यालय खोटाङ र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा असोज ४ गते ज्ञापन पत्र बुझाएको छ । अनेमसंघ(क्रान्तिकारी)ले देशभरका स्थानीय तहहरु र प्रशासनमा ज्ञापन बुझाएको हो ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)की केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य नेपाल दुर्गाजयन्ती राई, अनेमसंघ (क्रान्तिकारी) जिल्ला समिति खोटाङकी अध्यक्ष धुर्बा राई लगायतको नेतृत्वमा जिल्लास्थित महिलाहरुले ज्ञापन पत्र बुझाएका हुन् ।

gyapan2
अनेमसंघ(क्रान्तिकारी) खोटाङकी अध्यक्ष धुर्बा राईद्वारा हस्ताक्षरित ज्ञापनमा स्वास्थ्य संस्था र शिक्षण संस्थाको हाता वरपर निश्चित दूरीसम्म दुमपान, मध्यपान, जुवातास निशेधित क्षेत्र घोषणा गर्नु पर्ने, माध्यमिक तहसम्म किशोरीमैत्री वातावरण बनाउ“न किशोरीहरुको आरम कक्ष शौचालयको व्यवस्था, स्यानिटरी प्याडको सहज वातावरण मिलाउ“नु पर्ने, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाभित्र रहेका माध्यमिक विद्यालयमा एक जना स्टाफनर्सको व्यवस्था गर्नु पर्ने ज्ञापनमा उल्लेख गरिएको छ ।
त्यस्तै छोरा सरह छोरीलाई पैत्रिक सम्पत्तिमा समान अधिकारको व्यवस्था लागू गर्नु पर्ने, लैंगिक उत्तरदायी बजेट दश प्रतिशतको व्यवस्था गरी जनचेतना, तालिम सीप सिकाइ आदिको प्रयोग गर्नु पर्ने, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई महिला हिंसा मुक्त पालिका घोषणा गर्नु पर्ने, प्रत्येक स्थानीय तहमा अल्पकालीन सुक्षित गृहको व्यवस्था गर्नु पर्ने, सबै गर्भवती महिलाहरुलाई अस्पतालमै सुत्केरी हुने व्यवस्था मिलाउ“नु पर्ने, हिंसा पीडित महिलाहरुका लागि न्यायिक समिति मार्फत तत्काल न्याय दिने व्यवस्था मिलाउ“नु पर्ने, छोरीका लागि जन्मेपछि खाता व्यवस्था र माध्यमिक तहसम्म निःशुल्क शिक्षाको व्यवस्था मिलाउ“नु पर्ने, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाबाट महिलाको क्षमता विकाससम्वन्धी कार्यक्रम आयोजना गर्दा सर्वपक्षीय सहभागीताको व्यवस्था गर्नु पर्ने लगायतका माग ज्ञापनमा उल्लेख गरिएको छ ।

gyapan3
ज्ञापन बुझ्दै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दीपनारायण रिजालले ज्ञापनमा उल्लेखित कतिपय माग नगरपालिका आफैंले कार्यक्रम बनाएर कार्यान्वयनको तहमा रहेको बताए । कतिपय माग चाहि“ संवोधन गर्ने बचन दिए । प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले ज्ञापनमा उल्लेखित मागप्रति ध्यानाकर्षण भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित