हुर्लुङ–जालपा सडक ठेक्का संझौता

  • प्रकाशित मितिः आश्विन ३, २०७८
  • 2119 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, असोज ३–जिल्लाको उत्तरी क्षेत्रलाई जोड्ने हुर्लुङ–जालपा सडक ग्राबेल गर्न बल्ल ठेक्का संझौता भएको छ । हुर्लुङ–जालपा–ऐसेलुखर्क सडकमध्ये जालपासम्मको करिब आठ किलोमिटर ग्राभेलका लागि भदौ ३१ गते संझौता भएको हो ।
यो सडकको ग्राभेलका लागि लागत स्टिमेट भन्दा करिब ४१ प्रतिशत कममा ठेक्का लागेको हो । २२ करोड १६ लाख १६ हजार ८ सय ८८ रूपैया“को लागत स्टिमेट भए पनि प्रदेश १ पूर्वाधार विकास मन्त्रालयको १२ करोड ७२ लाख ९२ हजार चार सय ७३ रूपैया“मा सक्ने गरी रौताहा–सुसन आदित्य जेवी निर्माण कम्पनीले संझौता गरेको हो । २४ महिनामा सक्ने गरी उक्त निर्माण कम्पनीले संझौता गरेको इन्जिनियर रमेश कार्कीले बताए ।
उक्त काम तत्कालै थालनी गर्ने निर्माण कम्पनी सम्बद्ध महेश रेग्मीले बताए । उनका अनुसार दशैअघि संयुक्त सर्भेक्षण गर्ने र दशैपछि काम सुरु गेर्न बताए । स्थानीयले भने करिब ४१ प्रतिशत कममा ठेक्का लिएकाले काम गुणस्तरहीन हुन सक्ने र ठेकेदारले पनि ढिलो गर्न सक्ने भन्दै सम्वन्धित निकायको ध्यानाकर्षण गराउ“ने बताएका छन् । ठेक्का जतिमा हाले पनि गुणस्तर काम हुनु पर्ने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दीपनारायण रिजालले बताए । ‘जतिमा ठेक्का हाले पनि गुणस्तरीय काम हुनु पर्छ ।’ रिजालले भने–‘काममा कम्प्रमाइज हुदैन ।’ निर्माण कम्पनी सम्बद्ध रेग्मीले भने गाडी लगायतका मेसिनरी सामग्री भएकाले काममा गुणस्तर हुने बताएका छन् ।
स्वीस र नेपाल सरकारको लगानीमा हुर्लुङ–जालपा–ऐसेलुखर्क सडकको ट्याक खोलियो थियो । वर्षाले सडक भत्किएपछि अहिले बन्द छ । सडक बन्द भएपछि ऐसेलुखर्क, बाक्सिला लगायतका उत्तरी क्षेत्रसंग सम्वन्ध बिच्छेद भएको छ । यो सडक बनेपछि उत्तरीक्षेत्र र शहरसंगको सिधा यातायात सम्वन्ध हुदा उत्तरी क्षेत्रमा उत्पादित वस्तुको बजारीकरण हुने छ ।
त्यसो त यो सडक डेढ वर्षअघि नै ठेक्का लागेको थियो । त्यत्तिखेर सर्वोच्चमा मुद्दा परेपछि निर्माण अलपत्र परेको थियो । सात वटा कम्पनीले टेन्डर हालेका मध्ये कोशिष कन्ट्रक्सनले अन्यको प्रक्रिया नपुगेको र आफ्नो मात्र प्रक्रिया पुगेको दाबी गर्दै सर्वोच्चमा मुद्दा दायर गरेपछि ठेक्का प्रक्रिया रोकिएको थियो । ‘सर्वोच्चले पुनः टेन्डर गराउ“ने भनेपछि ठेक्का प्रक्रिया बढाएको हो ।’ इन्जिनियर कार्कीले भने–‘अब चाहि“ काम हुन्छ ।’

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित