खोटाङमा डेङ्गुको विरामी बढे

  • प्रकाशित मितिः आश्विन ३, २०७८
  • 718 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, असोज ३–जिल्लामा १२ जनामा डेङ्गु पुष्टि भएको छ । अत्याधिक ज्वरो, आ“खाको गेडी तथा टाउको पछिल्लो भाग दुख्ने, शरीर दुख्ने, ढाड दुख्ने, जोर्नी दुख्ने लगायतका लक्षण देखिएपछि परीक्षण गर्दा डेङ्गु पुष्टि भएको हो ।
यो हप्तामा मात्र १२ जनामा डेङ्गु पुष्टि भएको अस्पतालका प्रमुख चिकित्सक बैभव मल्लिकले बताए । साकेला, रावाबेसी, दिप्रुङ चुइचुम्मा गाउ“पालिका र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका विरामीमा डेङ्गु देखिएको हो । डेङ्गु संक्रमित भएकामध्ये शरीरमा रगत कम भएका एक बिरामीलाई थप उपचारका लागि अन्यत्र पठाइएको मल्लिकले सुनाए । मल्लिकका अनुसार एक जना बिरामी भने जिल्ला अस्पतालमै उपचाररत छन् । अन्य बिरामी भने आफ्नै घरमै स्वास्थ्यकर्मीको निगरानीमा रहेको मल्लिकले सुनाए ।
विगतका वर्षहरुमा पनि यो सिजनमा डेङ्गुका बिरामी भेटिने गरेको मल्लिकले जनाए । उच्च ज्वरो आउने, वाकवाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने, नाक वा गि“जाबाट रगत बग्ने बेहोस् हुने लगायतका लक्षण देखिए स्वास्थ्य संस्थामा सम्पर्क राख्न अनुरोध गरिएको चिकित्सक मल्लिकले सुनाए । घर वरिपरि पानी जम्न नदिने, खाल्डो भए पुर्ने, लामखुट्टे फैलन नदिने, झुल तथा मच्छड धुप प्रयोग गर्ने, शरीर ढाक्ने लुगा लगाउ“ने लगायतका सावधानी अपनाउ“न समेत अनुरोध गरिएको मल्लिकको बताए ।
यतिखेर रुघाखोकी र ज्वरोको विरामी बढेको जिल्ला अस्पतालले जनाएको छ । दैनिक दुई सयको हाराहारीमा उपचारमा आउ“नेमध्ये केहीमा डेङ्गु देखिएको मल्लिकले सुनाए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित