निराजन किरातीको अध्यक्षमा विप्लव नेतृत्वको नेकपा भातृ संगठन अखिल (क्रान्तिकारी) गठन

  • प्रकाशित मितिः भदौ 28, 2078
  • 306 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, भदौ २८–नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपा भातृ संगठन अखिल (क्रान्तिकारी)को १४ औं जिल्ला सम्मेलनले निराजन किरातीको नेतृत्वमा १९ सदस्यीय जिल्ला कमिटी गठन भएको छ । भदौ २८ गते हलेसीको जाम्बाला होटलमा आयोजित १४ औं जिल्ला सम्मेलनले नया“ नेतृत्व चयन गरेको हो ।

akhil
चन्द नेतृत्व नेकपा केन्द्रीय सदस्य तथा खोटाङ इन्चार्ज शैलेश बुढाथोकीको प्रमुख आतिथ्यमा सम्पन्न सम्मेलनले एमसीसीको विरुद्धमा आन्दोलन गर्ने, मुलभूत रुपमा शैक्षिक विकृति विसंगति र भ्रष्ट्राचारसंग मुकाबिला गर्ने, सांगठानिक कार्यमा अगाडि बढ्ने लगायतका विषय पारित गरिएको निराजन किरातीले बताए । प्रमुख अतिथि बुढाथोकी लगायतका उक्त पार्टीका खोटाङ सेक्रेटरी जीवन राई, अखिल क्रान्तिकारी सगरमाथा ब्युरो संयोजक दर्शनकुमार नेपाली लगायतले धारणा राखेको किरातीले सुनाए ।

 

प्रतिक्रिया दिनुहोस


Copyright © 2021 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित