प्रेस संगठन नेपाल खोटाङको कार्यालय उद्घाटन

  • प्रकाशित मितिः भदौ २८, २०७८
  • 710 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, भदौ २८–प्रेस संगठन नेपाल खोटाङको कार्यालय उद्घाटन भएको छ । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा प्रदेश नं १ का प्रदेशसभा सदस्य रामकुमार राईले भदौ २८ गते उद्घाटन गरेका हुन् । दिक्तेलको हेलिप्याटमाथि कार्यालय स्थापना गरिएको हो ।

2
कार्यक्रममा बोल्दै प्रमुख अतिथि राईले ठूला मिडिया“ले अरुको इसारामा समाचार संप्रेसन गर्ने गरेको बताए । तथ्य, सत्य समाचार लेखेर जनताको हितमा लाग्न समेत राईले आग्रह गरे । विशेष अतिथिको रुपमा बोल्दै नेकपा माओवादी केन्द्र खोटाङका संयोजक पृथ्वी किरातीले पत्रकारिताको मर्यादालाई नबिर्सन आग्रह गरेका छन् ।

3
प्रेस संगठन नेपालका केन्द्रीय सदस्य भीम राईले पत्रकारिताको धर्ममा रहेर पार्टीकै नेताहरु भए पनि समाचार लेख्ने बताए ।

4 1 नेपाल पत्रकार महासंघ खोटाङ शाखाका अध्यक्ष दिलील खत्रीले कार्यालय स्थापना भएकोमा शुभकामना व्यक्त गरेका छन् ।

5 1

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित