डिआर खड्काको संयोजकत्वमा अनेरास्ववियु क्रान्तिकारी सम्मेलन आयोजक कमिटी गठन

  • प्रकाशित मितिः भदौ २८, २०७८
  • 863 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, भदौ २८–डिआर खड्काको संयोजकत्वमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) जिल्ला सम्मेलन आयोजक कमिटी निर्माण भएको छ । भदौ २६ गते आयोजित जिल्ला भेलाले खड्काको संयोजकत्वमा ३५ सदस्यीय सम्मेलन आयोजक कमिटी निर्माण भएको हो ।
कमिटी सदस्यमा उत्सव सुनुवार (केपिलासगढी), आस्मिना राई (बुइपा), रमिला बास्तोला (बुइपा), अस्मिता राई (खोटेहाङ), एकराज बुढाथोकी (दोर्पा), रोजन राई (साकेला), सुवाश कालिकोटे (निर्मली), मिना राई (हलेसी तुवाचुङ), प्रकाश पोखरेल (रावाबेसी), पारशमणि रिजाल (नेर्पा), अमिता राई (पाथेका), भुवन आचार्य (निर्मली), नवीन विश्वकर्मा (खिदीमा) रहेको जिल्ला सम्मेलन आयोजक कमिटी निर्माण गरिएको हो ।
त्यस्तै दर्शन पुमा राई (बराहापोखरी), राकेश राई (रावाबेसी), रञ्जना राई (खोटेहाङ), सोनिषा पौडेल (दिप्रुङ चुइचुम्मा), तिलक खत्री (साकेला), सुरज थापा (दिप्रुङ चुइचुम्मा), सन्तोष दर्नाल (खाल्ले), अजय गदाल (खाल्ले), सन्जीव थापा (दोर्पा), एस्वीन विश्वकर्मा (नुनथला), विश्वहाङ राई (खोटेहाङ, उषा राई (पाथेका), लक्ष्मी राई (नेर्पा), निराजन तामाङ, सुयोग नाछिरिङ राई (नुनथला), अम्बिका खत्री, प्रनिषा गुरागाई (दिक्तेल), आयुषा खतिवडा र आकाश चाम्लिङ सदस्य रहेको जिल्ला सम्मेलन आयोजक कमिटी निर्माण भएको भदौ २७ गते पत्रकार सम्मेलन आयोजना गरी जानकारी गराइएको हो ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित