संघीय संरचनामा नेकपा (माओवादी केन्द्र) को सांगठानिक संरचना

  • प्रकाशित मितिः भदौ २५, २०७८
  • 686 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, भदौ २५–सङ्घीय संरचनाका अनुसार नेकपा माओवादी केन्द्रको संगठन रुपान्तरण गरिएको छ । केन्द्रीय सर्कुलर अनुसार नेकपा माओवादी केन्द्र खोटाङको भदौ २२ र २३ गतेको बैठकले स्थानीय तहको संरचना निर्माण गरेको हो ।
भदौ २५ गते आयोजित पत्रकार सम्मेलनमा जिल्लाको दशै स्थानीय तहको संरचना अनुसार जिम्मेवारी तोकिएको जानकारी गराइएको हो । यसअन्तरगत ऐसेलुखर्क गाउ“पालिका अध्यक्षमा श्रीबहादुर राई, सहइन्जार्च श्रीमबहादुर राई र उर्मिला लम्साल, अध्यक्ष अगमसिं राई र सचिवमा रमेश राजभण्डारीलाई जिम्मेवारी दिइएको छ । रावाबेसी गाउ“पालिकामा इन्चार्ज सिताराम अधिकारी, सहइन्चार्जहरु लीला श्रेष्ठ ‘सविन’ र रामबहादुर राई, अध्यक्ष राजन मगर र सचिवमा सीताराम कटुवाललाई जिम्मेवारी दिइएको छ ।
हलेसी तुवाचुङ नगरपालिकामा इन्चार्ज जीवन राई ‘संगीन’, सहइन्चार्जहरु चयन्द्र राई, हस्तबहादुर राई‘आमोद’, ज्ञानबहादुर भुजेल र उदय राई, अध्यक्षमा राजुविक्रम राई र सचिवमा कुमार बुढाथोकीलाई जिम्मेवारी दिइएको छ । केपिलासगढी गाउ“पालिकामा इन्चार्ज मनकुमारी रसाइली ‘रस्मी’, सहइन्चार्जहरु रुद्र राई, तेजकुमार कोयी र रामकाजी राई, अध्यक्ष साङ्गे सेर्पा र सचिवमा विष्णु राई ‘जिज्ञाशा’लाई जिम्मेवारी दिइएको छ ।
दिप्रुङ चुइचुम्मा गाउ“पालिकामा इन्चार्ज दीपक पाण्डे, सहइन्चार्जहरु कल्पना चाम्लिङ, अजम्बर राई, लक्ष्मीकुमार राई र मेरुकुमार राई, अध्यक्ष राजेन्द्र राई र सचिवमा दीपक पौडेललाई जिम्मेवारी दिइएको छ । साकेला गाउ“पालिकामा इन्चार्ज अर्जुनकुमार खड्का ‘झङ्कार’, सहइन्चार्जहरु बिर्सिका राई र नविन राई, अध्यक्ष सीताराम राई र सचिवमा मोहन खत्रीलाई जिम्मेवारी दिइएको छ ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा इन्चार्ज सुरेश राई, सहइन्चार्जहरु विनोद आचार्य, जय राई, सन्तोश राई, माधव राई, विकाश राई र बलराम राई, अध्यक्ष विसन राई र सचिवमा युगशन राईलाई कायम गरिएको छ । बराहापोखरी गाउ“पालिकामा इन्चार्ज निसाना राई, सहइन्चार्जमा दुर्गाबहादुर राई, अध्यक्षमा युवराज राई र सचिवमा ताराकान्त राईलाई जिम्मेवारी दिइएको छ । जन्तेढुङ्गा गाउ“पालिकामा इन्चार्ज अरुणा राई, सहइन्चार्जहरु राजकुमार विष्ट र केदार राई, अध्यक्ष बद्री राई र सचिवमा विकाश भट्टराईलाई जिम्मेवारी दिइएको छ । खोटेहाङ गाउ“पालिकामा इन्चार्ज उदीम राई ‘मुक्ति’, सहइन्चार्जहरु इन्द्र नाराथुङे र कुमार राई ‘अमर’, अध्यक्ष दीपेन राई र सचिवमा धनबहादुर महाराजीलाई जिम्मेवारी दिइएको छ ।
संघीय संरचना निर्माण र त्यसको कार्यान्वयनतहसम्म पुगिसकेको बेला पार्टीको संरचना भने पुरानै संरचनामा भएकाले अब नया“ संरचनामा रुपान्तरण गरिएको नेकपा माओवादी केन्द्र खोटाङका अध्यक्ष पृथ्वी किरातीले बताए । कार्यक्रममा खोटेहाङ गाउ“पालिकाका तत्कालीन अध्यक्ष राजन ढकाल, दिप्रुङ चुइचुम्मा गाउ“पालिका–५ का वडा सदस्य छत्र खड्का, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ का वडा सदस्य चित्रकुमार राई लगायतलाई कारबाहीको प्रक्रिया बढाइएको समेत अध्यक्ष किरातीले सुनाए ।

एमसीसी पारित हुदैन

ppp
पत्रकार सम्मेलनमा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा प्रदेश १ का प्रदेशसभा सदस्य रामकुमार राईले एमसीसी पारित नहुने दाबी गरे । एमसीसी नेपालको हितमा नभएकाले पारित नहुने बताए । पारित भए आन्दोलन हुने समेत राईले धारणा राखे । कार्यक्रममा नेकपा माओवादी केन्द्र खोटाङका इन्चार्ज तथा संविधानसभा सदस्य समिता कार्की ‘अस्मिता’ पनि सहभागी थिइन् ।

press bigyapti

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित