नमस्ते खोटाङ संवाददाता–
खोटाङ, भदौ १९–नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) खोटाङको भदौ १९ गते कार्यालय उद्घाटन भएको छ । तत्कालीन एमाले प्रदेश समन्वय समिति संयोजक विरबलकाजी राईले दिक्तेलको बेसक्याम्पमा कार्यालय उद्घाटन गरेका हुन् ।
तत्कालीन नेकपा एमाले जिल्ला अध्यक्ष बबि चाम्लिङ सहित ५९ एमाले जिल्ला कमिटी सदस्य मध्ये २३ जना नेकपा एकीकृट समाजवादीमा सहभागी भएको जिल्ला नेता जलशेर राईले बताए । जिल्ला समन्वय समिति खोटाङका प्रमुख समेत रहेका चाम्लिङ लगायत तत्कालीन एमालेबाट जितेका ६ जनामध्ये तीन जना एकीकृत समाजवादीमा आवद्ध भएका छन् ।
जिल्लाका दश स्थानीय तहको ७९ वडामध्ये एमालेले जितेको ३६ वडा अध्यक्षहरुमा २३ जना एकीकृत समाजवादीमा संगठित भएको राईले बताए । स्थानीय तहका जनप्रतिनिधिहरुको भदौ २० गते सनाखत गर्ने राईले सुनाए । एमाले प्रभावशाली नेता राजन राई पनि एकीकृत समाजवादीमै भएकाले एमालेका अरु नेताहरु समेत एकीकृत समाजवादीमा आउने राईले बताए ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १२–सोल्म�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १२–दिक्त�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित