कम्पोष्ट मल उद्योग र नमुना कृषि श्रोत केन्द्र अलपत्र

  • प्रकाशित मितिः श्रावण २३, २०७८
  • 1275 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, साउन २३–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सुरु गरेको कम्पोष्ट मल उद्योग र नमूना कृषि श्रोत केन्द्र अलपत्र परेको छ । फितुलो व्यवस्थापनका कारण दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा करोडौं खर्च गरेर स्थापना गरिएको कम्पोष्ट मल उद्योग र नमूना कृषि श्रोत केन्द्र अलपत्र परेको हो ।
नगरपालिकालाई पूर्ण रुपमा अर्गानिक बनाउ“ने उद्देश्यले गत आर्थिक वर्ष कम्पोष्ट मल उद्योग स्थापना गरिएको हो । कृषिजन्य उत्पादनलाई बजारीकरण र व्यवसायिक कृषि प्रणालीको विकास गर्न नमूना कृषि श्रोत केन्द्र स्थापना गरिएको हो । एक करोड २१ लाख ६९ हजार रुपैया“को लगानी प्रति घण्टा एक टन कम्पोष्ट मल उत्पादन गर्ने क्षमताको कम्पोष्ट मल उद्योग र २१ लाख २० हजारको लगानीमा नमूना कृषि श्रोत केन्द्र स्थापना गरिएको थियो । कम्पोष्ट मल उद्योग र नमूना कृषि श्रोत केन्द्र उद्योगको प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले २०७७ चैत २१ गते उद्घाटन गरेका थिए । 
अहिलेसम्म मल उत्पादन हुन नसकेपछि चौतर्फी विरोध सुरु भएको छ । जिल्लाभरिलाई ‘नगरपालिकालाई अर्गानिक बनाउ“ने भनेर सुरु गरिएको उद्योगमा मल उत्पादन हुन सकेको छैन ।’ अगुवा किसान तथा नगरकार्यपालिका सदस्य गङ्गाबहादुर विश्वकर्माले भने–‘अन्यत्रबाट मल ल्याउनु पर्दा दुःख लागेको छ ।’
ब्यापारिक केन्द्र दिक्तेल बजारको फोहर सङ्कलन तथा अन्य ठाउ“बाट समेत सडेगलेका वस्तु सङ्कलन गरेर मल निर्माण गर्ने उद्देश्यले उद्योग स्थापना गरिएको हो । ‘तर अहिलेसम्म न बजारको फोहर सङ्कलन गरियो न उद्योगै सञ्चालन भयो ।’ स्थानीय दीपेन्द्र राईले भने–‘यो त बजेट सक्ने मेलो मात्र भयो ।’
कम्पोष्ट मल उद्योग र नमूना कृषि श्रोत केन्द्रका लागि कर्मचारी भने खटाइएको छ । कम्पोष्ट मलमा दुई जना र नमूना कृषि श्रोत केन्द्रमा अफिसर सहित चार जना कर्मचारी कार्यरत छन् । कम्पोष्ट मल उद्योगमा एक प्राविधिक र एक ड्राइभर कार्यरत छन् भने नमूना कृषि श्रोतमा एक अधिकृत सहित चार जना कर्मचारी छन् । मासिक १९ हजार छ सय २० देखि ३५ हजार नौ सय ९० रुपैया“सम्म तलव खाए पनि काम भने चित्त बुझ्दो नभएको नगरपालिकाका सूचना अधिकारी मोहनकुमार भट्टराईले बताए । यद्यपि अब केही समयपछि राम्ररी कामको प्रगति देखिने भट्टराईको भनाई छ ।
नगरपालिकाले नगरक्षेत्र पूर्णरुपमा अर्गानिक बनाउ“ने र कृषिमा नमूना नगरको रुपमा विकास गर्ने लक्षले काम थालनी गरे पनि कर्मचारीका कारण अपेक्षा गरेजस्तो नभएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दीपनारायण रिजालले बताए । कम्पोष्ट मल उत्पादनका लागि बोरा अभाव भएको र नमूना कृषि श्रोत केन्द्रमा कर्मचारी राम्रो नभएकाले समस्या आएको रिजालले सुनाए । ‘कम्पोष्ट मल अब केही समयपछि उत्पादन सुरु हुने छ ।’ रिजालले भने–‘नमूना कृषि श्रोत केन्द्र पनि व्यवस्थित गरेर लैजाने छौ ।’
नगरक्षेत्र भित्रका थुप्रै वडाहरु अर्गा्निक वडा भइसकेका छन् । नगरपालिका वडा नं ९ निर्मलीडाडा“, वडा नं–१० पाथेका, वडा नं ११ खार्मी, वडा नं १२ जालपा, वडा नं १३ नुनथला लगायतका वडाहरु अर्गानिक बनिसकेको र अन्य वडाहरु समेत पूर्ण रुपमा अर्गानिक बन्दै जाने रिजालले सुनाए ।

 

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित