नमस्ते खोटाङ संवाददाता
खोटाङ, असोज १६–बालिका करणी प्रयासमा पक्राउ परेका खोटेहाङ गाउँपालिका–४ वडकादियालेका ३५ वर्षीय रामकुमार भुजेललाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । भदौ २२ गते साँझ वालिकालाई करणी गर्ने प्रयास गरेको अभियोगमा पक्राउ परेका भुजेललाई असोज १५ गतेको जिल्ला अदालतको आदेशले थुनामा पठाइएको हो ।
घरको माथिल्लो तलामा सुताइरहेकी बालिका रोएपछि हेर्न जाँदा भुजेलले करणी प्रयास गरिरहेको अवस्थामा फेला पारिएको थियो । पीडितका आफन्तले भदौ २६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएपछि उनी पक्राउ परेका थिए ।
महिला बलात्कृत
जन्तेढुङ्गास्थित एक महिला बलात्कारको शिकार भएकी छन् । जन्तेढुङ्गा गाउ“पालिका–२ बोपुङका २२ वर्षीय हरिबहादुर खड्काद्वारा बलात्कृत भएकी सोमबार प्रहरीमा उजुरी दिएकी छन् । गत असोज १२ गते भोजपुरको बालङ्खा बजारबाट फर्कने क्रममा जन्तेढुङ्गा गाउ“पालिका–२ चप्लेटी जङ्गलमा बलात्कार गरेको उजुरी दिएकी हुन् । बलात्कारमा संलग्न हरिबहादुर खड्का फरार भएको प्रहरी नायव उपरीक्षक राजकुमार केसीले बताए ।
त्यस्तै जबरजस्ती करणी उद्योगमा अर्का एक युवा पक्राउ परेका छन् । साकेला गाउ“पालिका–१ बाझेच्यानडा“डाका २२ वर्षीय मौसम राई जबरजस्ती करणी उद्योगमा पक्राउ परेका हुन् । साकेला गाउ“पालिका–२ रतन्छाकी २२ वर्षीया युवतीलाई जबरजस्ती करणी गर्न खोजेको अभियोगमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत १५–खोटाङ र भ... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत १४–जन्तेढु�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत १४–चैत १५ गत... ... ...
खोटाङ, चैत १४–जन्तेढुङ्गा गाउँपालिकामा बाँसबाट... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत १२–दिप्रुङ �... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित