पास विनै चलाइएका सरकारी सवारी साधन नियन्त्रणमा

  • प्रकाशित मितिः श्रावण ३, २०७८
  • 856 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, साउन ३–पास विनै चलाइएको चार वटा सरकारी मोटरसाइकल नियन्त्रणमा लिई त्यसमा संलग्नलाई जरिवाना गरिएको छ । सार्वजनिक बिदाको दिन पनि पास विनै सरकारी मोटरसाइकल चलाएको भन्दै उक्त मोटरसाइकल नियन्त्रणमा लिएर त्यसमा संलग्नलाई जरिवाना गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले सार्वजनिक विदाका दिन पनि पास बिनै चलाउ“दै गरेको अवस्थामा चार वटा मोटरसाइकल नियन्त्रणमा लिएर जारिवाना गरेको प्रहरी नायव उपरीक्षक उमेश लम्सालले बताए ।
साउन २ गते दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालयको स्वास्थ्य शाखाको को २ ब ९९७ नम्बरको मोटरसाइकल, लोकसेवा आयोग शाखा कार्यालयको प्र.३–२–१ ब १५३० नम्बरको मोटरसाइकल, शिक्षा विकास तथा समन्वय इकाइ कार्यालयको बा.२ ब.७९७० नम्बरको मोटरसाइकल र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर– २ को वडा कार्यालयको बा २ ब ८१९३ नम्बरको मोटरसाइकल पास विनै चलाइएकाले नियन्त्रणमा लिएर जरिवाना गरी छाडेको हो ।
सार्वजनिक विदाका दिन सवारी साधनको दुरुपयोग बढेको गुनासोपछि प्रहरीले कडाई गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित