सविना अछामे–
खोटाङ, साउन १– कोभिड १९ विरुद्घको कोभिशिल्ड खोपको दोस्रो डोज अझैं आउ“न सकेको छैन । गत माघमा कोभिसिल्डको पहिलो डोज खोप लगाएका हरुका लागि अहिलेसम्म दोस्रो डोज आउन नसकेको हो ।
जिल्ला स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्यप्रसाद सिग्देलका अनुसार माघमा पहिलो डोज लगाएका करिब १२ हजारलाई दोस्रो डोजको कोभिशिल्ड खोप अपुग छ । सिग्देलले भने– ‘पठाउन त पठाउला तर कहिले पठाउ“छ भन्ने नै थाहा नभएपछि झनै गाह्रो भयो ।’
भेरोसिल खोप भने जिल्लाका २४ सय जनालाई पहिलो र दोस्रो डोज नै पूरा भएको सिग्देलले बताए । उक्त खोप ६२, ६३, र ६४ उमेर समूहकाले लगाएका हुन् । अब आउ“ने खोप कुन उमेर समूहकालाई प्राथमिकतामा राखेर दिइने भन्ने खोप आएपछि नै थाहा हुने सिग्देलको भनाई छ ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, फागुन २९–सोल्म�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, फागुन २४–अन्तर �... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, फागुन २४–हलेसी �... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, फागुन २२–आहाले�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, फागुन १९–दिक्त�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2025 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित