शारीरिक अपाङ्गता भएकी महिलालाई जबरजस्ती करणी प्रयास गर्ने पक्राउ

  • प्रकाशित मितिः श्रावण १, २०७८
  • 876 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, साउन १–शारीरिक अपाङ्गता भएकी महिलामाथि जबरजस्ती करणी प्रयास गर्ने एक पुरुष पक्राउ परेका छन् । स्थानीय ३५ वर्षीया महिला माथि जबरजस्ती करणी प्रयास गर्ने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ६ नेर्पाका ४२ वर्षीय गंगालाल पराजुली पक्राउ परेका हुन् ।
आफ्नै घरमा बसिरहेकी महिलालाई गत असार ३० गते जबरजस्ती करणीको प्रयास गर्ने पराजुलीलाई त्यसै दिन पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक अमर गजमेरले बताए । पराजुलीलाई सात दिनको म्याद थप गरी अनुसन्धान बढाइएको गजमेरले सुनाए । पीडित महिलाको स्वास्थ्य परीक्षणपछि घर पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित