सविना अछामे–
खोटाङ, साउन १–शारीरिक अपाङ्गता भएकी महिलामाथि जबरजस्ती करणी प्रयास गर्ने एक पुरुष पक्राउ परेका छन् । स्थानीय ३५ वर्षीया महिला माथि जबरजस्ती करणी प्रयास गर्ने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ६ नेर्पाका ४२ वर्षीय गंगालाल पराजुली पक्राउ परेका हुन् ।
आफ्नै घरमा बसिरहेकी महिलालाई गत असार ३० गते जबरजस्ती करणीको प्रयास गर्ने पराजुलीलाई त्यसै दिन पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक अमर गजमेरले बताए । पराजुलीलाई सात दिनको म्याद थप गरी अनुसन्धान बढाइएको गजमेरले सुनाए । पीडित महिलाको स्वास्थ्य परीक्षणपछि घर पठाइएको छ ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज २–जिल्ला व�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–निर्वाच�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–जिल्ला स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–श्रम संस�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १-नेपाली कां�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित