नमस्ते खोटाङ संवाददाता–
खोटाङ, असार १८–हलेसी तुवाचुङ नगरपालिका–८ धितुङमा असार १८ गते घरको छानोले किचेर एक बालकको मृत्यु भएको छ । विहान साडे दश बजे माटोले छापेको मुण्डा छानोले किचेर स्थानीय रमेश सार्कीको १४ वर्षीय छोरा राजु सार्कीको घटनास्थलमै मृत्यु भएको हो ।
तीन दिनेदेखिको झरिले भत्किएको छानोले किचेर अन्य दुई बालक समेत घाइते भएका छन् । स्थानीय राजकुमार सार्कीका १० वर्षीय छोरा मिलन सार्की र मनकुमार सार्कीका १० वर्षीय छोरा लुने सार्की घाइते छन् । उनीहरुको अवस्था सामान्य रहेको प्रहरी प्रवक्ता प्रहरी निरीक्षक अमर गजमेरले बताए । मृतकको पोष्टमार्टमपछि आफन्तलाई जिम्मा लगाइएको गजमेरले सुनाए ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज २–जिल्ला व�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–निर्वाच�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–जिल्ला स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–श्रम संस�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १-नेपाली कां�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित