जहा“ अप्ठेरो, त्यही पार्किङ
- प्रकाशित मितिः आश्विन १६, २०७५
- 1276 पटक पढिएको
- संवादताता
नमस्ते खोटाङ संवाददाता-
खोटाङ, असोज १६–उसै त दिक्तेलबजार अव्यवस्थित छ, त्यसमाथि पनि जथाभावी पार्किङले सवारी दुर्घटनाको जोखिम बढेको छ ।
बजारको सा“गुरो सडकमा जथाभावी पार्किङ र निर्माण साममग्री अस्रेल्लो राखि“दा झनै सवारी जोखिम बढेको छ । यसप्रति सम्वन्धित निकायको ध्यान गएको छैन । पटक–पटक ध्यानाकर्षण गराउ“दा समेत प्रहरी तथा नगरपालिकाले ध्यान नदिएको स्थानीयको गुनासो छ ।
दिक्तेलको त्रिवेणीचौक, बेसक्याम्प, सल्लेरीटोल, बैंकचौक लगायतका ठाउ“मा मालबाहक तथा अन्य निजी गाडी पार्किङ गर्ने गरेकाले सवारी दुर्घटनाको जोखिम बढेको हो । जथाभावी पार्किङले विद्यालय समयमा दुर्घटना जोखिम बनेको छ । यसप्रति नगरपालिका तथा सम्वन्धित निकायको ध्यान नगएको खोटाङ उद्योग वाणिज्य संघका अध्यक्ष राजु लयालुले बताए । ‘मालबाहक गाडी जतातता पार्किङ गरेर सडक अबरुद्ध भइरहेको छ ।’ लयालुले भने–‘यसले सडक जोखिम बनेको छ ।’
यसबाहेक दिक्तेलबजारमा मापदण्ड विपरित घर निर्माण भइरहेको अध्यक्ष लयालुले बताए । स्थानीय सरकारको क्षेत्राधिकारभित्र रहेर नगरपालिकाले कडाइका साथ काम गर्न नसकेको लयालुले जनाए । ‘स्थानीय सरकारको प्रत्याभूति हुने खालको काम भएको छैन ।’ लयालुले भने–‘यसमा नगरपालिकाले ध्यान दिनु पर्छ ।’
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दीपनारायण रिजालले भने सडक व्यवस्थित गर्न प्रहरीलाई अनुरोध गरेको बताए । ‘डिएस्पीसंग बसेर दिक्तेलबजारको सडकमा जथाभावी गरिने पार्किङ र यत्रतत्र राखिएका निर्माण सामग्री हटाउ“ने सल्लाह भइसकेको छ ।’ प्रमुख रिजालले भने–‘अब छिट्टै यसको समाधान हुने छ ।’ प्रमुख रिजालले भने–‘नगरपालिकाले पनि माइकिङ गरिरहेको छ ।’
प्रहरी नायव उपरीक्षक राजकुमार केसीले बजारको सडकमा जथाभावी पार्किङ हटाउनेबारे मातहतका प्रहरीलाई निर्देशन दिइसकेको बताए । यसबाहेक विद्यालय समयमा सडकै ढाकेर विद्यार्थी हिड्ने गरेको र त्यसले दुर्घटनाको जोखिम हुने भएकाले लाइन लागेर हिड्न सम्वन्धित विद्यालयका प्रअलाई अनुरोध गरेको समेत डिएस्पी केसीले बताए । यद्यपि त्यसको कार्यान्वयन भने भएको छैन ।