प्रधानमन्त्रीलाई ज्ञापन

  • प्रकाशित मितिः असार १३, २०७८
  • 1788 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, असार १३–सञ्चारकर्मी रुपा सुनारलाई दलित भएकैले कोठा नदिएको विषयमा पक्राउ परेकी सरस्वती प्रधानलाई हिरासतबाटै छुटाएर लगेको भन्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठको राजिनामा माग गर्दै जिल्लास्थित दलित संगठनहरुले असार १३ गते प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् । असार ९ गते महानगरीय प्रहरी बृत्त सिंहदरबार पुगी राज्य शक्तिको दुरुपयोग गर्दै मन्त्री श्रेष्ठले छुटाएर लगेको भन्दै खोटाङका प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्मा मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका हुन् ।
नेपालको संविधान २०७२ को प्रस्तावना साथै धारा १८ को समानताको हक धारा २४ को जातीय भेदभाव तथा छुवाछुत विरुद्धको हक र जातीय भेदभाव तथा छुवाछुत कसुर सजाय ऐन २०६८ को विरुद्ध सुनारलाई अपमानित गर्ने प्रधानलाई छुटाइएकाले नेपालका ६५ लाख दलित समुदायले अपमान बोध गर्नु परेको भन्दै दोषीमाथि कानुनी कारबाहीको समेत माग गरिएको छ । ज्ञापनमा संयुक्त संघर्ष समिति, दलित विकास मञ्च, राष्ट्रिय दलित पत्रकार संघ खोटाङ, जनअधिकार मञ्च खोटाङ, नेपाल उत्पीडित जातीय मुक्ति समाज खोटाङ तथा विभिन्न दलित अधिकारीकर्मीहरुको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित