किशोरी बलात्कार गर्ने पक्राउ

  • प्रकाशित मितिः असार ११, २०७८
  • 674 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, जेठ ११–किशोरी बलात्कार गर्ने पक्राउ परेका छन् । १६ वर्षीया किशोरीलाई जङ्गलमा बोलाएर बलात्कार गर्ने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका ३१ वर्षीय अरुण राई पक्राउ गरेका हुन् ।
गत जेठ ९ गते राती घर छेउको जङ्गलमा बोलाएर जबरजस्ती गरेको जेठ १० गते उजुरीपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्त प्रहरी निरीक्षक अमर गजमेरले बताए । पक्राउपछि जबरजस्ती करणी महल अन्तरगत मुद्दा दर्ता गरेर आवश्यक अनुसन्धान सुरु गरिएको गजमेरले सुनाए । किशोरीको जेठ १० गते नै स्वास्थ्य परीक्षण गरी आफन्तलाई जिम्मा लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित