नमस्ते खोटाङ संवाददाता–
खोटाङ, जेठ १८–जिल्लामा कोरोनाले थप तीन जनाको मृत्यु भएको छ । केपिलासगढी गाउ“पालिका–४ का ८२ वर्षीय पुरुष, खोटेहाङ गाउ“पालिका–८ का ६५ वर्षीय पुरुष र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ का ६० वर्षीय पुरुषको मृत्यु भएको हो ।
जिल्ला स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुन्यप्रसाद सिग्देलका अनुसार खोटेहाङ र दिक्तेल रुपाकोट मझुवागढीका कोरोना संक्रमितलाई विराटनगर र काठमाडौं रेफर गरिएको थियो । रेफर गरिएका दुबै र केपिलासगढीका ८२ वर्षीयको जेठ १७ गते मृत्यु भएको प्रमुख सिग्देलले बताए । यसअघि पनि जिल्लामा कोरोनाले तीन जनाको ज्यान गइसकेको छ । यो सहित छ जना पुगेको हो । जिल्लामा आठ सय ५८ कोरोना संक्रमित मध्ये छ सय १८ जना सक्रिय संक्रमित छन् । उनीहरुमध्ये २२ जना विभिन्न स्वास्थ्य संस्थाहरुमा उपचाररत छन् भने पा“च सय ८६ जना होमआइसोलसनमा रहेको प्रमुख सिग्देलले बताए । जिल्लामा दुई सय ३४ जना निको भएका छन् ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १–दिक्तेल �... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३२–महालेख�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार २८–जन्तेढ�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार २७–अलपत्र �... ... ...
सविना अछामे–खोटाङ, असार २६–दिप्रुङ चुइचुम्मा �... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2025 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित