खोटाङमा हेलिकोप्टर चार्टर गर्न वाध्य छन् संक्रमित, संक्रमितको संख्या ५ सय ११ जना पुग्यो

  • प्रकाशित मितिः जेठ १०, २०७८
  • 961 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, जेठ १०–कोरोना संक्रमितले थप उपचारका लागि हेलिकोप्टर चार्टर गरेर अन्यत्र जान वाध्य छन् । जिल्लामा सुविधा सम्पन्न अस्पताल नभएकाले महङ्गोमा हेलिकोप्टर चार्टर गरेर काठमाडौं जान वाध्य भएका हुन् ।
तीन दिनेदेखि दिक्तेल अस्पतालमा उपचाररत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका ६४ वर्षीय पुरुषको थप उपचारका लागि काठमाडौं लैजान हेलिकोप्टर चार्टर गरेका छन् । उनले तीन लाख ५० हजार रुपैया“मा हेलिकोप्टर चार्टर गरेको उनका आफन्तले बताएका छन् । उनलाई जेठ १० गते काठमाडौं लागिएको हो । उनको काठमाडौंस्थित नोबेल अस्पतालमा उपचार भइरहेको छ ।
त्यस्तै ऐसेलुखर्क गाउ“पालिका–३ ऐसेलुखर्कका कोरोना संक्रमितले पनि हेलिकोप्टर चार्टर गरेरै थप उपचारका लागि अन्यत्र जान वाध्य भएका छन् । गत जेठ १ गते कोरोनाले ज्यान गुमाएका ७८ वर्षीयका तीन आफन्तले तीन लाख २० हजार रुपैया“मा हेलिकोप्टर चार्टर गरेर काठमाडौं लगिएको हो ।
जिल्लाका सबै पालिकामा कोरोना संक्रमण तिब्र गतिमा फैलिएको छ । बिहे, कार्जे, पर्व, निर्माणका काम लगायतमा भिडभाड हुनुले संक्रमण फैलिएको हो । कोरोनाले जिल्लामा दुई जनाको ज्यान गएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका ५४ वर्षीय पुरुष र ऐसेलुखर्क गाउ“पालिका–३ ऐसेलुखर्कका ७८ वर्षीय पुरुषको ज्यान गएको हो ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, हलेसी तुवाचुङ नगरपालिका, ऐसेलुखर्क गाउ“पालिका, रावाबेसी गाउ“पालिका, जन्तेढुङ गाउ“पालिका लगायतका स्थानीय तहहरुमा बिहे, कार्जे लगायतका जमघटले कोरोना फैलिएको स्थानीयको गुनासो छ । अझै पनि जमघाटका गतिविधि नरोकिएकाले थप समस्या आई पर्न सक्ने भएकाले यसप्रति सम्बन्धित निकायको ध्यान जानु पर्ने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाका हेमविक्रम राईले बताए । जिल्लामा जेठ १० गतेसम्म पा“च सय ११ जनामा कोरोना संक्रमण भएको जिल्ला स्वास्थ्य कार्यालय खोटाङका कोभिड १९ फोकलपर्सन आनन्द लामिछानेले बताए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित