अपाङ्गै–अपाङ्ग

  • प्रकाशित मितिः असोज १५, २०७५
  • 3277 पटक पढिएको
  • संवादताता

नमसते खोटाङ संवाददाता-
खोटाङ, असोज १५–छोरा–छोरी हुर्किएला अनि सुख पाउ“ला भन्ने सबै आमा–बुवाले सपना सजाएको  हुन्छ । तर यहा“स्थित एक परिवारमा भने छोरा–छोरी हुर्किदै जा“दा पीडामा डुकेको छन् । जब छोरा–छोरी जवान हुदै जादा अपाङ्ग (हात–खुट्टा नचल्ने) भएपछि उक्त परिवार पीडामा डुबेका हुन् ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका वीरबहादुर गजमेरका एक छोरा र तीन छोरी गरी चारै जना अपाङ्ग भएपछि पीडामा डुबेका हुन् । वीरबहादुर गजमेरका अनुसार १५ वर्ष  उमेर पुगेपछि सबै छोरा–छोरीको हात तथा खुट्टा नचल्ने भएको हो । 
उनकी २९ वर्षीया छोरी कोपिला, २१ वर्षीया चन्द्रा, २० वर्षीया मनिषा र १५ वर्षीय छोरा चेतराज समेत कुजिएका छन् । उनकी २४ वर्षीया छोरी उषाको कुजिएरै मृ्त्यु भएको आमा लक्ष्मी गजमेरले बताइन् । ‘जब छोरा–छोरी हुर्किदै जान्छ अनि यस्तो हुन्छ ।’ पीडा पोख्दै भनिन्–‘के कारण यस्तो भयो थाहै भएन ।’ उनले थपिन्–‘उपचार गर्ने खर्च छैन ।’

 

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित