अपाङ्गै–अपाङ्ग

  • प्रकाशित मितिः आश्विन १५, २०७५
  • 2812 पटक पढिएको
  • संवादताता

नमसते खोटाङ संवाददाता-
खोटाङ, असोज १५–छोरा–छोरी हुर्किएला अनि सुख पाउ“ला भन्ने सबै आमा–बुवाले सपना सजाएको  हुन्छ । तर यहा“स्थित एक परिवारमा भने छोरा–छोरी हुर्किदै जा“दा पीडामा डुकेको छन् । जब छोरा–छोरी जवान हुदै जादा अपाङ्ग (हात–खुट्टा नचल्ने) भएपछि उक्त परिवार पीडामा डुबेका हुन् ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका वीरबहादुर गजमेरका एक छोरा र तीन छोरी गरी चारै जना अपाङ्ग भएपछि पीडामा डुबेका हुन् । वीरबहादुर गजमेरका अनुसार १५ वर्ष  उमेर पुगेपछि सबै छोरा–छोरीको हात तथा खुट्टा नचल्ने भएको हो । 
उनकी २९ वर्षीया छोरी कोपिला, २१ वर्षीया चन्द्रा, २० वर्षीया मनिषा र १५ वर्षीय छोरा चेतराज समेत कुजिएका छन् । उनकी २४ वर्षीया छोरी उषाको कुजिएरै मृ्त्यु भएको आमा लक्ष्मी गजमेरले बताइन् । ‘जब छोरा–छोरी हुर्किदै जान्छ अनि यस्तो हुन्छ ।’ पीडा पोख्दै भनिन्–‘के कारण यस्तो भयो थाहै भएन ।’ उनले थपिन्–‘उपचार गर्ने खर्च छैन ।’

 

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित