नमस्ते खोटाङ संवाददाता–
खोटाङ, जेठ ६–ट्याक्टर दुर्घटना हुदा एक जनाको ज्यान गएको छ । अन्य दुई जना गम्भिर घाइते भएका छन् ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाको बगरेभन्ज्याङबाट मिक्स्चर बोकेर मध्यपहाडी लोकमार्गतिर झर्दे गरेको प्रदेश नम्बर १–०२–००३ त ०२८० नम्बरको ट्याक्टर जेठ ६ गते विहान नेर्पाकै गुम्बाडाडा“मा दुर्घटना हुदा रावाबेसी गाउ“पालिका–४ डुम्रेधारापानीका २५ वर्षीय नेत्रबहादुर गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा डुम्रेधारापानीकै ३१ चालक सुशिल श्रेष्ठ र डुम्रेधारापानीकै २९ वर्षीय धनबहादुर सुनुवार घाइते भएका छन् । उनीहरुको दिक्तेल अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाडौं पठाइएको प्रहरी प्रवक्ता प्रहरी निरीक्षक अमर गजमेरले बताए ।
ट्याक्टर सडकभन्दा करिब तीस मिटर तल खसेको प्रहरीले जनाएको छ । गजमेरका अनुसार मृतकको शव पोष्टमार्टमका लागि दिक्तेल अस्पताल ल्याइसकिएको छ । आफन्त आएपछि पोष्टमार्टम गरिने गजमेरले सुनाए ।
प्रतिक्रिया दिनुहोस
सविना अछामे–खोटाङ, साउन १८–दिक्तेल रूपाकोट मझ�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १०–केपिला�... ... ...
सविना अछामे–खोटाङ, साउन ५–खोटाङमा ८३.२३ प्रतिश... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २–जिल्ला प�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३२–दिक्ते�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित