रावाबेसी गाउ“पालिका सिल

  • प्रकाशित मितिः बैशाख २८, २०७८
  • 716 पटक पढिएको
  • संवादताता

सविना अछामे-
खोटाङ, बैशाख २९–रावाबेसी गाउ“पालिकाले कोभिड –१९ संक्रमण नियन्त्रणका लागि सिमा नाका सिल गरेको छ । जिल्लाको छिमेकी पालिकामा संक्रमितको संख्या बढिरहेको अवस्थामा बैशाख २६ गतेदेखि ७ दिनका लागि पालिका प्रवेश गर्ने नाका सिल गरेको हो ।
कोरोना विपद व्यवस्थापन केन्द्रको बैशाख २६ गतेदेखि नै लागू हुने गरी सिल गरिएको गाउ“पालिका अध्यक्ष लिलानाथ निरौलाले बताए । उनका अनुसार आगामी जेठ ३ गतेसम्म स्वास्थ्यको आकास्मिक सेवा बाहेक सम्पूर्ण कार्य बन्द गर्ने, गाउ“पालिका र वडा कार्यालयको अति जरुरी र आकास्मिक कार्य बाहेकका कार्य बन्द गर्ने खाद्यान्न तथा इन्धन पसल दैनिक बिहान ८ बजेदेखि १० बजे र बेलुका ४ बजेदेखि ६ बजेसम्मका लागि खुला गर्ने दिने निर्णय गरेको हो ।
यो अवधिमा विद्यालय पूर्णरुपमा बन्द गर्ने, कुनै पनि कार्य नगर्ने÷नगराउ“ने, पालिकाभन्दा बाहिरबाट आउने व्यक्तिले ७२ घण्टाभित्रको पीसीआर रिर्पोट पेश गनु पर्ने भौतिक दूरी कायम गर्दै र स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर गाउ“पालिकात्रिका विकास निर्माणको गराउ“ने निणर्य गरिएको निरौलाले सुनाए ।
कोभिड अस्पताल क्वारेन्टाइन तथा आइसोलेसनमा राखिने सम्भावित संक्रमितको सुरक्ष्ाँ जिम्मा सुरक्षाचौकीलाई प्रदान गर्ने, जनप्रतिनिधि, कर्मचारी, शिक्षक र स्वयंसेवकलाई कोभिड–१९ विरुद्घको जनचेतनामुलक क्रियापकलाप सञ्चालनका लागि परिचालन गर्ने, सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई कोरोना रोकथाम तथा नियन्त्रण्नका लागि तयारी अवस्थामा राख्ने, जेठ २ गतेदेखि हुने कक्षा ९ को परीक्षा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गर्ने, सामाजिक तथा धार्मिक कार्यक्रम कम संख्याको उपस्थितिमा उच्च सतर्कताका साथ गर्ने निणर्य गरिएको सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित