रेन्बो ट्राउटको केन्द्रविन्दु बन्दै खिदिमा मखमले

  • प्रकाशित मितिः बैशाख २७, २०७८
  • 868 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, बैशाख २७–साकेला गाउ“पालिका–३ खिदिमा मखमले यत्तिखेर प्राय सबैको गन्तव्यको केन्द्र बनेको छ । यसको कारण हो रहर लाग्दो रेन्बो ट्राउट व्यवसाय । यहा“का युवाले अघिल्लो वर्षबाट सुरु गरेको रेन्बो ट्राउट व्यवसायले सबैको ध्यान केन्द्रित गरेको छ ।
स्थानीय २५ युवाले तावाहाङ रेन्बो ट्राउट कृषक समूह गठन गरेर यो व्यवसाय सुरु गरेका हुन् । करिब ६९ लाख रुपैया“को लागतमा १९ वटा पोखरी निर्माण गरेका छन् । उक्त कृषक समूहका संस्थापक संयोजक निशान राईका अनुसार कृषक समूह, स्थानीय सरकार तथा प्रदेश सरकार गरी ६९ लाख दश हजार रुपैया“को लागतमा ह्याचरी सहितको १९ वटा पोखरी बनाइएको छ । ‘हामीले १९ वटा पोखरी बनाएका छौं ।’ राईले भने–‘यसमा ६९ लाख रुपैया“भन्दा बढी खर्च भएको छ ।’ राईले थपे–‘हामीलाई स्थानीय सरकार र प्रदेश सरकारले पनि ठूलो सहयोग गरेको छ ।’
खर्च मध्ये साकेला गाउ“पालिकाले नौ लाख र १ नम्बर प्रदेश अन्तरगत पशुपंक्षी ता मत्स्य विकास निर्देशनालयले २५ लाख रुपैया“ गरी ३४ लाख अनुदान उपलब्ध भएको राईले बताए । अन्य कृषक समूहको लगानी छ । यसबाट युवाहरुमा थप उर्जा मिलेको राईले सुनाए । ‘कृषक समूहलाई अनुदान दिएर ठूलो उर्जा थपिएको छ ।’ राईले भने–‘यसले रेन्बो ट्राउट व्यवसायलाई व्यवस्थित गर्न हौस्याएको छ ।’
अहिले यो फार्ममा करिब दश हजार माछा छन् । यो वर्षदेखि खानलायक माछा उत्पादन हुने राईको भनाई छ । आगामी वर्षबाट रेन्बो ट्राउटको ह्याचरी समेत सुरु गरिने राईले सुनाए । कृषक समूहकै दक्ष जनशक्ति समेत निर्माण गरेको राईले सुनाए । उनका अनुसार स्थानीय हेलन राईलाई रेन्बो ट्राउटसम्वन्धी तालिम दिलाएर माछा पालन सुरु गरेका हुन् । राईले त्रिसुली र धुन्चेमा गएर रेन्बो ट्राउट बारे आवश्यक तालिम लिएका छन् ।
खिदिमा मखमले रेन्बो ट्राउटका लागि उपयुक्त भएकाले यो पेशबाट मनग्गे आम्दानी हुने आशा लिएको कृषक समूहका अध्यक्ष रामकृष्ण राईले बताए । अबको समय युवा उद्यमशीलतातर्फ लाग्ने भएकाले यसतर्फ आफूहरु लागेको संस्थापक संयोजक राईले बताए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2023 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित