सविना अछामे–
खोटाङ, बैशाख २६–जिल्लामा कोरोना संक्रमण तिब्र रुपमा बढेको छ । हलेसी तुवाचुङ नगरपालिकामा बैशाख २६ गते गरिएको परीक्षणमा आठ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
१२ जनाको एन्टीजेन परीक्षण गर्दा आठ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो । संक्रममित हुनेमध्ये वडाअध्यक्ष सहित दुई जना जनप्रतिनिधि छन् । त्यस्तै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपामा पनि पाच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बैशाख २५ गते १९ जनामा गरिएको एन्टिजेन परीक्षणमा पा“च जनामा कोरोना पुष्टि भएको हो । यसमध्ये एक जना ४३ वर्षीया स्वास्थ्यकर्मी पनि संक्रमित भएका छन् ।
त्यसैगरी साकेला गाउ“पालिकामा आठ जना र जन्तेढुंगा गाउ“पालिकामा एक जनालाई संक्रमित भएका छन् । योसंग जिल्लामा संक्रमित हुनेको संख्या ३६ जना पुगेको छ । यसमध्ये चार जना स्वास्थ्य संस्था र ३२ जना होमआइस राखिएको छ ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १८–उभौली�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १७–श्रम स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित