दिक्तेलमा एक स्वास्थ्यकर्मी सहित थप चार जनामा कोरोना संक्रमण

  • प्रकाशित मितिः बैशाख २४, २०७८
  • 781 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, बैशाख २४–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा स्वास्थ्यकर्मी सहित थप चार जनामा कोरोना संक्रमण भएको छ । बैशाख २४ गते पाच जनामा गरिएको एन्टिजेन परीक्षणमा एक स्वास्थ्यकमर्मी सहित चार जनामा कोरोना संक्रमण देखिएको हो ।
जिल्ला आयुर्वेदमा गरिएको परीक्ष्ँणमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा कार्यरत ३६ वर्षीय स्वास्थ्यकर्मी, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ का १८ वर्षीय पुरुष, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा कार्यरत ३२ वर्षीय कर्मचारी र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ की ३८ वर्षीया महिलामा कोरोना देखिएको हो । उनीहरुलाई होम आइसोलेसनमै राखिएको नगरपालिकाका स्वास्थ्य संयोजक तीर्थ आचार्यले बताए । यसअघि पनि नगरपालिकामा एक स्वास्थ्यकर्मी सहित १० जना र साकेला गाउ“पालिकामा दुई सहित जिल्लामा कोरोना संक्रमण हुनेको संख्या १६ जना पुगेको छ ।  

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित