स्वास्थ्यकर्मी सहित थप ६ जनामा कोरोना, खोटाङमा १२ जना पुग्यो

  • प्रकाशित मितिः वैशाख २२, २०७८
  • 1087 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, बैशाख २२–दिक्तेलमा स्वास्थ्यकर्मी सहित छ जनालाई कोरोना संक्रमण भएको छ । बैशाख २२ गते जिल्ला अस्पतालमा गरिएको ३९ जनाको एन्टिजेन परीक्षण गर्दा छ जनामा कोरोना संक्रमण देखिएको हो ।
योसंग खोटाङमा १२ जनामा कोरोना देखिएको छ । बैशाख २२ गतेको एन्टिजेन परीक्षणमा जिल्ला अस्पतालमा कार्यरत ३७ वर्षीया स्वास्थ्यकर्मी, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका २७ वर्षीय दुई पुरुष र २० वर्षीया महिला, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ का १९ वर्षीय पुरुष र खाद्य संस्थानका २७ वर्षीय एक कर्मचारीमा कोरोना देखिएको हो ।
बैशाख २१ गते दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका दुई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ का एक र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ का एक जनामा कोरोना देखिएको थियो । यसअघि साकेला गाउ“पालिका–१ बा“झेच्यानडाडा“का दुई पुरुषमा पनि कोरोना देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2025 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित