‘मुन्धुम ट्रेल’ पदयात्रामा आन्तरिक पर्यटक

  • प्रकाशित मितिः बैशाख २१, २०७८
  • 904 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, बैशाख २१–मुन्धुम ट्रेलमा पदयात्रा गर्नेको संख्या बढेको छ । खोटाङ, सोलुखुम्बु, भोजपुर र संखुवासभामा पर्ने मुन्धुम ट्रेलमा पदयात्रा गर्नेको संख्या बढेको हो । गत साता सालपा विकास बैंकको टोलीले मुन्धुम ट्रेलको पदयात्रा गरेका थिए । पूर्व सांसद तथा सालपा विकास बैंकका अध्यक्ष टंक राई लगायतको टोलीले पदयात्रा गरेको हो । 
हिमालनजिकै पुगेर त्यसको सौन्दर्यमा रमाउ“ने पर्यटकहरुका लागि डाडैडाडा“ थकानको महसुस समेत नहुने गरी हि“डिरहु“ लाग्ने अपेक्षा गरिएको राईले सुनाए । यो पदमार्गबाट सगरमाथा, कञ्चनजङ्घा, मकालु, ल्होत्से, च्रोयु लगायतका आठ हजार मिटर अग्ला छ वटा हिमाल देख्न सकिन्छ । यसबाहेक ४५ वटा हिमश्रृङ्खला देख्न सकिन्छ । नेपालको अन्य कुनै ट्रेकिङ रुटबाट देखिदैन । यसका साथै तराईका भू–भागहरु समेत अवलोकन गर्न सकिने छ । 
ठूला घा“से मैदान, फराकिला चौरीखर्क तथा भेडीगोठको बीचबाट डा“डाहरुको शीर छिचोल्दै विभिन्न प्रजातिका गुरा“स, विविन्न जडीबुटीहरु तथा घना जङ्गलहरु अवलोकन गर्न पाइने छ । यो यात्रामा मैयुङको हा“सपोखरी क्षेत्रमा पाइने विभिन्न प्रजातिका चराचुरुङ्गी, लोपोन्मुख रेडपाण्डा, लोपोन्मुख भीर माहुरी, लोपोन्मुख सालक, लोपोन्मुख कालोभालु लगायतका विभिन्न जङ्गली जनावरहरुसंग लुकामारी खेल्न पाइने छ । 
सगरमाथा (चोमालुङ) चुचुरोमा पहिलो पाइला टेकेका तेञ्जिङ नोर्गे सेर्पा र एडमण्ड हिलारीले २०१० सालमा यही पदमार्गको एउटा अंशको रुट प्रयोगको राईको दाबी छ । मध्यपहाडी लोकमार्ग आसपास नै यो पदमार्ग भएकाले अझ सहज हुने राईको भनाई छ । ‘यो सायद विश्वकै ‘भर्जिन’ पदमार्ग हुन सक्छ ।’ राईले भने–‘यसले किराती समुदायको विकास लागि एउटा कोसेढुङ्गा सावित हुने छ ।’
यो पदयात्रामा किराती स्वादको परिकार पाइन्छ । फापर, कोदा तथा गहु“को रोटी, ढिडो, मकैको ठेप्ला, सिस्नुको तरकारी, जौको सातु, मकै–भटमास, कोदोको तीनपाने रक्सी, मांसहारीका लागि विभिन्न चौपायाको सुकुटी लगायतका परिकार पाइन्छन् । यसबाहेक कालिज तथा रैथाने कुखुराको मासु पनि अर्को तिख्खरीलो स्वाद लिन सकिन्छ । यसका साथै चौरीको दूध, घिउ पनि अर्को अनुपम खान्की पाइन्छ । त्यस्तै जटिबुटीयुक्त भीरमाहुरीको मह अर्को दुर्लभ स्वाद् पाइने राई सुनाउ“छन् ।
यो पदयात्राको पहिलो दिन : काठमाडौंबाट करिब दुई सय २३ किलोमिटर पार गरेपछि हलेसी छिचोलिन्छ । हलेसी आइपुग्न करिब एक हजार रुपैया“ भाडा लाग्छ । मुन्धुम ट्रेलको दुई साताको यात्रामध्ये यो एउटा सुरुवाती चरण हो । कैलासबाट झरेको दूधकोसी नदी (जयरामघाट)मा स्नान गरेर विश्वप्रशिद्ध हलेसी आइन्छ । यसबाहेक लामीडाडा“ विमानस्थललाई पनि उपयोग गर्न सकिन्छ । काठमाडौंबाट करिब २५ मिनेटको आकाश यात्रापछि लामीडाडा“ विमानस्थल अपतरण हुन्छ । यसका लागि चार हजार दुई सय ३५ रूपैया“ भाडा लाग्छ ।  
जुन मार्ग आए पनि हलेसी क्षेत्र गुफैगुफाको संसार भएकाले भरपूर मनोरम गर्न सकिन्छ । त्यति मात्र होइन हिन्दू, बौद्ध र किराती संस्कृति सहित त्रिधार्मिक स्थलको रुपमा हलेसीलाई लिइन्छ । हलेसीमा बालचतुर्दशी, शिवरात्री, रामनवमी, तिज लगायतका पर्वहरुमा तीर्थालुको विशेष घुइचो लाग्छ । यहा“का महादेव, बसाहा, पञ्चवती, ककनी, भैरवथान, कालिकाथान, मुरधुम गुफा, मारतीका गुम्बा लगायत आकर्षणको केन्द्रविन्दु मानिन्छ । 
यहा“स्थित देवदेवताको पूजाआराधना गरे मनोकांक्षा पूरा हुने विश्वासमा तीर्थालुको ओइरो लाग्ने गरेको हो । हलेसी गैरीगुठका बाघबंशी राईले शिकार खेल्ने क्रममा महादेवगुफा पत्ता लगाएको बढापाकाहरुको भनाई छ । विक्रम सम्वत १८६१ सालमा गिर्वाणयुद्ध विक्रम शाहले हलेसीका मनोहर गिरीलाई ताम्रापत्रमा लेखी महन्त पूजारीको जिम्मेवारी दिएको पाइन्छ । यसबाहक गौतमबुद्धले यही गुफामा तपस्या गरेकाले विश्वका बुद्धमार्गीहरु समेत विद्या प्राप्तिका लागि आउने गरेका छन् ।
मुन्धुम ट्रेलको अर्को आकर्षण चाहि“ किरात ऐतिहासिक थलो तुवाचुङ जायमुम पनि हो । हलेसीभन्दा केही माथि तुवाचुङ जायजुम अवस्थित छ । किराती मिथक अनुसार किराती संस्कार संस्कृतिको विकास यही तुवाचुङ जायजुमबाट सुरु भएको भन्ने मान्यता छ । त्यसैले यसलाई किरातीहरुले विशेष महत्वका साथ हेरेको पाइन्छ । त्यस दिन दिक्तेलमा बास हुन्छ ।
दोश्रो दिन : दिक्तेलको बासपछि पर्यापर्याटनको केन्द्रविन्दु रुपाकोटमा विभिन्न जैविक विविधता, जनवार लगायतको अवलोकन गर्दै तीन हजार एक सय ६५ मिटर अग्लो टेम्केडाडा“को फेद चखेवामा बास हुन्छ । त्यसपछि तेश्रो दिन  विभिन्न हिमश्रृङ्खला, विभिन्न प्रजातिका गुरास दृष्यावलोकन गर्दै भोजपुर र खोटाङको केपिलासगढी गाउ“पालिकाको बीचमा पर्ने धोद्रे देउराली बास बसिन्छ । यहा“ लोकल खाना, लोकल ड्रिंक्स् लगायतको खाना पाइन्छ । बस्ने बासका लागि चाहि“ आफ्नै ट्रेन्ड उपयोग गर्नु पर्ने हुन्छ ।दिक्तेलको बासपछि पर्यापर्याटनको केन्द्रविन्दु रुपाकोटमा विभिन्न जैविक विविधता, जनवार लगायतको अवलोकन गर्दै तीन हजार एक सय ६५ मिटर अग्लो टेम्केडाडा“को फेद चखेवामा बास हुन्छ । त्यसपछि तेश्रो दिन विभिन्न हिमश्रृङ्खला, विभिन्न प्रजातिका गुरास दृष्यावलोकन गर्दै भोजपुर र खोटाङको केपिलासगढी गाउ“पालिकाको बीचमा पर्ने धोद्रे देउराली बास बसिन्छ । यहा“ लोकल खाना, लोकल ड्रिंक्स् लगायतको खाना पाइन्छ । बस्ने बासका लागि चाहि“ आफ्नै ट्रेन्ड उपयोग गर्नु पर्ने हुन्छ ।
तेश्रो दिन : भेडीगोठ, चौरी गोठ, विभिन्न हिमश्रृङ्खला लगायतका मनोरम दृष्यको अवलोकन गर्दै तीन हजार तीन सय ५० मिटर अग्लो मैयुडाडा“को हा“सपोखरीमा बास बसिन्छ । यहा“ चौरीको दूध, मही, दही, घिउ लगायतका स्थानीय खाना पाइन्छ । बासको लागि आफैले जोहो गर्नु पर्ने हुन्छ ।
चौथो दिन : मैयुडाडा“को हा“सपोखरीबाट हिडेको दिन खोटाङको केपिलासगढी गाउ“पालिकाको लौरेडाडा“ आसपासमा पर्ने रावाढापमा बास बसिन्छ । यहा“ लोपोन्मुख रेडपाण्डा, भीरमाहुरी अवलोकन गर्न सकिन्छ । जेठको दोश्रो साता भीरमाहुरी सिकार गर्न सकिन्छ । विभिन्न जडिबुटीबाट भीरमाहुरीले मह बनाउ“ने भएकाले स्वास्थ्यका लागि उपयोगी मानिन्छ । यसबाहेक यसदिनका लागि स्थानीय खानपान गर्न सकिन्छ ।
haanspokharee
पाचौं दिन : रावाढापबाट हिडेको दिन तीन हजार सात सय ५० मिटर अग्लो सालपा पोखरीको बेसक्याम्पमा बास हुन्छ । यहा“ सौचालय, पानी सहितको पाहुना घर भएकाले पर्यटकका लागि सहज हुन्छ । विभिन्न स्थानीय खानपान गर्न पाइने भएकाले सहज हुने भएको हो ।
छैटौ दिन : सालपा बेसक्याम्पबाट बीस मिनेटमाथि सालपा पोखरी पुगिन्छ । सालपा एउटा महत्वपूर्ण देउधाम हो । सालपादेवीको पूजा आराधना गरे चिताएको पूरा हुने विश्वास गरिन्छ । युवायुवतीदेखि बृद्धसम्मले सालपाको भाकल गर्ने चलन छ । त्यो भन्दामाथि चार हजार एक सय ५५ मिटर अग्लो सिलिचुङडाडा“ पुगिन्छ । त्यहा“बाट रमणीय हिमश्रृङ्खला दृष्यावलोकन गर्न सकिन्छ ।
सातौं दिन : सालपा बेसक्याम्पबाट हिडेको दिन केपिलासगढीको ह्याकुलेडाडा“मा बास बसिन्छ । त्यस दिन दिनभर मनोरम दृष्यावलोन गर्न सकिन्छ ।
आठौं दिन : मैयुडाडा“ हासपोखरीमै बास बसिन्छ ।
नऔं दिन : भोजपुरको सावागाउ“ तिम्माको मुन्धुम होमस्टे पुग्न सकिन्छ ।
दशौ दिन : भोजपुरको टक्सार, भोजपुरबजार, सुन्तलेडाडा“ लगायतका रमणीय ठाउ“को अवलोकन गर्न सकिन्छ ।
एघारौं दिन : पदमार्गको चरण समाप्त हुने छ ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित