साइकल यात्री पराजुलीले मुन्धुम ट्रेल यात्रा गरे

  • प्रकाशित मितिः वैशाख २१, २०७८
  • 1722 पटक पढिएको
  • संवादताता

सविना अछामे-
खोटाङ, बैशाख २१–झापा चन्द्रगढीका साइकल यात्री तेजप्रसाद पराजुली (एभरेष्टबाबु)ले मुन्दुम ट्रेल यात्रा गरेका छन् । खोटाङ, सोलुखुम्बु, भोजपुर र संखुवासभाको रमणीय स्थलको पर्यटन प्रबद्र्धनका लागि परिकल्पना गरिएको मुन्दुम ट्रेलको प्रचार–प्रसारका लागि साइकल यात्री पराजुलीले साइकलबाटै मुन्दुम ट्रेलको यात्रा गरेका हुन् ।

2
साइकल कुदाएर नेपालको ७७ जिल्लाको यात्रा गरिसकेका पराजुलीले मुन्दुम ट्रेल अन्तरगत भोजपुर, सुन्तले, मैयु“डा“डा, हा“सपोखरी, दलसिंगे ह“ुदै चखेवाभञ्ज्याङबाट भोजपुर नै फर्किएको मुन्दुम ट्रेल सम्बद्ध मैयु टेम्के–साल्पा–सिलिचुङ पर्यटन प्रबद्र्धन केन्द्र (एमटिएसएसटिसिपी) का अध्यक्ष रमेश राईले बताए ।

3
साल्पा सिलिचुङको टपसम्म साइकल पु¥याउ“ने लक्ष्यका साथ बैशाख १६ गते मुन्दुम ट्रेलको यात्रा सुरु गरेका पराजुलीले कहिल्यै नहि“डेको बाटो, प्रतिकुल मौसम तथा साथमा सहयोगी नभएका कारण तीन दिनमै यात्रा टुङ्ग्याएका छन् ।

4
मुन्दुम ट्रेलको प्रबद्र्घनमा आफ्नै खर्चमा सोलो साइकल यात्रा गरेर पराजुलीले ‘मुन्दुम ट्रेलको पहिलो साइकल यात्री’को इतिहास रचेको अध्यक्ष राईले बताए । खोटाङ, सोलुखुम्बु, भोजपुर । संखुवासभाको रमणीय स्थल चखेवाभज्याङ, मैयुङडा“डा, हा“सपोखरी, सातदोबाटो, रावाधाप, साल्पा पोखरी, सिलिचुङडाडा“ लगायतको पर्यटन प्रबद्र्घन गर्ने उद्देश्यले २०७५ सालमा मुन्दुम ट्रेलको अवधारण अघि सारिएको हो ।

5
आन्तरिक तथा बाह्य पर्यटकलाई यात्रा गराउ“दै पर्यटन प्रबद्र्घन गर्ने र आन्तरिक आर्यआर्जन बृद्घि गर्ने लक्ष्यका साथ मुन्दुम ट्रेलको परिकल्पना गरिएको हो ।

6 3

 

 

8

तस्बिर सौजन्य: रमेश राई

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित