संक्रमित दिक्तेलको होटलमा बसेर गएका थिए
नमस्ते खोटाङ संवाददाता–
खोटाङ, बैशाख २०–साकेला गाउ“पालिकामा दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । साकेला गाउ“पालिका–१ बाझेच्यानडाडा“का ५३ र २० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माका अनुसार साकेला गाउ“पालिकाले स्वाब सङ्कलन गरी परीक्षणका लागि बिराटनगरस्थित जनस्वास्थ्य प्रयोग शाला पठाएको थियो । गत १८ गते २६ जनाको स्वाब सङ्कलन गरेकोमा बैशाख २० गते दुई जनालाई कोरोना पुष्टि भएको साकेला गाउ“पालिका प्रमुख प्रशासकीय अधिकृत रविन मगरले बताए । उनीहरुलाई बैशाख २१ गते बाझेच्यानडाडा“मा बनाइएको आइसोलेसनमा एमबीबीएस चिकित्सकको रेखदेखमा राखिने मगरले सुनाए ।
संक्रमित दुबै जना गत बैशाख १५ गते काठमाडौंबाट आएर दिक्तेल रत्नपार्कस्थित एउटा होटलमा बसेर घर गएका थिए । संक्रमण पुष्टि हुनेसाथ उक्त होटल बन्द गरिएको प्रजिअ शर्माले सुनाए ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १०–केपिला�... ... ...
सविना अछामे–खोटाङ, साउन ५–खोटाङमा ८३.२३ प्रतिश... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २–जिल्ला प�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३२–दिक्ते�... ... ...
सविना अछामे–खोटाङ, असार ३१–कारागार कार्यालय ख�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित