जाम्बाला होटलका कामदार मृत फेला

  • प्रकाशित मितिः बैशाख १९, २०७८
  • 619 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ बैशाख १९–हलेसी तुवाचुङ नगरपालिका हलेसीस्थित जाम्बाला रिसोर्टका कामदार सुतेकै ठाउ“मा मृत फेला परेका छन् । धादिङको सुनौलोबजार घर भएका ४४ वर्षीय एकबहादुर मल्ल ठकुरी मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
गत बैशाख १ गते हलेसी आइपुगेका ठकुरी बैशाख १८ गते सुतेकै अवस्थामा मृत फेला परेका हुन् । बेलुकी खाना खान नआएपछि कोठामा हेर्न जा“दा कोठामै मृत अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ ।
मृतकको आफन्त बोलाइएको प्रहरीले जनाएको छ । मृतकका आफन्त धादिङबाट हिडेको र आइपुगेपछि उनको शव परीक्षण गरेर जिम्मा लगाइने प्रहरीले जनाएको छ । मृत्युको बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित