नमस्ते खोटाङ संवाददाता–
खोटाङ, बैशाख १९–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ का गंगाबहादुर विश्वकर्माले च्याउबाट मनग्गे आम्दानी सुरु गरेका छन् । उनले लगाएको कन्ने जातको च्याउबाट मनग्गे आम्दानी सुरु गरेका हुन् ।
विश्वकर्माका अनुसार डेढ महिनादेखि दैनिक २० केजीका दरले च्याउ उत्पादन गरिरहेका छन् । उनले उत्पादन गरेको च्याउ विक्रीबाट मासिक एक लाख २० हजार आम्दानी हुने गरेको विश्वकर्माले सुनाए । ‘दैनिक २० केजी च्याउ विक्री गर्दा चार हजारका दरले मासिक एक लाख २० हजार आम्दानी हुन्छ ।’ विश्वकर्माले भने–‘अब च्याउबाटै राम्रो आम्दानी हुने पक्का भयो ।’
विश्वकर्माले उत्पादन गरेको च्याउ दिक्तेल बजारमै खपत हुन्छ । आफूले होलसेलमा दुई सय रुपैया“ले बच्ने गरेको उनको भनाई छ । बजारमा भने च्याउको भाउ दुई सय ५० रुपैया“ पुगेको विश्वकर्माले सुनाए । च्याउ खेतीका लागि करिब एक लाख खर्च गरेको विश्वकर्माले सुनाए । अब यसबाट वर्षैभरि आम्दानी हुने उनको भनाई छ । ‘सुरुको लगानी एक लाख रुपैया“ जति भयो ।’ विश्वकर्माले भने–‘अब यसबाट वर्षैभरि च्याउ उत्पादन हुन्छ ।’
विश्वकर्माका अनुसार अहिले मासुमा भन्दा च्याउमा उपभोक्ताको चासो भएकाले च्याउको बजार राम्रो देखिएको छ ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १८–उभौली�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १७–श्रम स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित