आमा–बाबुको मृत्युपछि बालबालिका बिचल्लीमा

  • प्रकाशित मितिः असोज १२, २०७५
  • 2153 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता-
खोटाङ, असोज १२–बाबु–आमाको मृत्युपछि सात बालबालिका बिचल्लीमा परेका छन् । हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका चन्द्र किरात र आमा तलकुमारी राईको मृत्युपछि सात बालबालिका बिचल्लीमा परेका हुन् ।
२०७३ भदौ १९ गते आमा तलकुमारी राई र २०७५ साउन १८ गते बाबु चन्द्र किरात गुमाएपछि गुमाएपछि उनीहरुका पा“च छोरी र दुई छोरा गरी सात बालबच्चा बिचल्लीमा परेका छन् ।
आमा तलकुमारीको दिक्तेल अस्पतालमा अकालमै मृत्यु भएको थियो भने बाबु चन्द्रलाई करेन्ट लागेर मृत्यु भएको हो । आमाबाबु दुबै गुमाएपछि शिक्षादीक्षा र पालनपोषणको समस्या परेको छ । सात बालबच्चामध्ये १७ वर्षीया ठूली छोरी बुङातुङ (कक्षा १२), १४ वर्षीया माइली छोरी रिमाबुङ (कक्षा १०), १२ वर्षीया साइली छोरी माहुरबुङ (कक्षा ८), १० वर्षीया काइली छोरी इलाबुङ (कक्षा ६) गरी चार बालबालिका स्थानीय बुलापन्थे माविमा अध्ययन गर्छन् । 
त्यस्तै ८ वर्षीय जेठो छोरा नामसाङहाङ (कक्षा ४), छ वर्षीया कान्छी छोरी निवाबुङ (कक्षा १)  र ४ वर्षीय कान्छो छोरा तिम्सुङहाङ (बालकक्षा) स्थानीय पारुहाङ प्राथमिक विद्यालयमा अध्ययनरत छन् । बाबु–आमाको मृत्युपछि यत्तिका बालबालिकाको पढाई चौपट बनेको छ । उनीहरुको शिक्षा–दीक्षा र पालन पोषणका लागि खडेन्द्र राईको अध्यक्षतामा सहयोग समिति समेत गठन भएको छ ।

 

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित