सविना अछामे-
खोटाङ, बैशाख १६–खोटेहाङ गाउ“पालिकाले चौथो वार्षिक उत्सव मनाएको छ । विभिन्न कार्यक्रमहरु आयोजना गरी वार्षिक उत्सव मनाएको हो ।
वार्षिक उत्सवको अवसरमा चौथो अध्यक्ष कप अन्तर वडास्तरीय खुला पुरुष तथा महिला भलिबल प्रतियोगिता, उत्कृष्ट कर्मचारी पुरस्कार, उत्कृष्ट अंक ल्याएर एसइइ उतीर्ण गर्ने विद्यार्थीलाई पुरस्कार, उत्कृष्ट कृषक समूहलाई पुरस्कार, उत्कृष्ट कृषक पुरस्कार, उत्कृष्ट उपभोक्ता समितिलाई पुरस्कृत तथा पूर्वगाविस अध्यक्षलाई सम्मान सहित विभिन्न कार्यक्रम आयोजना गरी चौथो वार्षिक उत्सव मनाएको हो । बैशाख १५ गते आयोजित चौथो वार्षिक उत्सवमा गाउ“पालिका अध्यक्ष प्रदीप राईले गाउ“पालिकाको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।
वार्षिक उत्सवको अवसरमा इलाका प्रशासन कार्यालय खोटाङबजारका प्रमुख मनश राई र गाउ“पालिकाका महिला विकास शाखा प्रमुख सिर्जना भट्टराईलाई उत्कृष्ट कर्मचारी पुरस्कार प्रदान गरिएको छ । राई, भट्टराई र ढकाललाई जनही ११ हजार एक सय ११ रुपैया“को साथमा सम्मान–पत्रप्रदान गरिएको छ ।
२०७६ सालको एसइइ परीक्षामा सर्वोत्कृष्ट जिपिए ल्याएर उत्तीर्ण हुने तीन छात्र÷छात्रालाई पुरस्कार प्रदान गरेको छ । ३.७७ जिपिए ल्याएर एसइइ उत्तीर्ण गर्ने बर्रेस्थित कृष्ण माविका गोपाल थापा, ३.७७ जिपिए ल्याएर एसइइ उत्तीर्ण गर्ने उक्त विद्यालयकै अस्मिता थापा र ३.७५ जिपिए ल्याएर उतीर्ण हुने सावाकाली माविका सागर मगरलाई पुरस्कृत गरिएको हो । उनीहरुलाई जनही छ हजार सात सय ७५ रुपैया“का साथमा कदरपत्र प्रदान गरिएको छ ।
सामुहिक पशु पालनतर्फ उत्कृष्ट कृषक समुहको पुरस्कार खोटेहाङ गाउ“पालिका–९ लिच्कीराम्चेका साकेवा बाख्रा पालन कृषक समूह र कृषितर्फको उत्कृष्ट कृषक समूहको पुरस्कार बर्रे प्रगतिशील कृषक समूहलाई प्रदान गरिएको छ ।
व्यक्तिगत पशु पालनतर्फ खोटेहाङ गाउ“पालिका–८ सिमपानीका रामकुमार पोखरेललाई र कृषितर्फ खोटेहाङ गाउ“पालिका–६ इन्द्रेणीपोखरीका इन्द्रकुमार राई (इन्द्र नारथुङे)लाई उत्कृष्ट कृषक पुरस्कार प्रदान गरिएको छ । आर्थिक वर्ष २०७६÷०७६ मा सञ्चालित योजना मध्ये प्रमोद राई अध्यक्ष रहेको उपभोक्ता समिति उत्कृष्ट घोषित भएको छ । उत्कृष्ट कृषक समुह, उत्कृष्ट कृषक तथा उत्कृष्ट उपभोक्ता समितिलाई जनही ११ हजार एक सय ११ रुपैया“का साथमा सम्मानपत्र प्रदान गरिएको गाउ“पालिका अध्यक्ष राईले सुनाए । उत्कृष्ट कर्मचारी, शिक्षक तथा विद्यार्थी, कृषक समूह, कृषक र उपभोक्ता समितिलाई एमालेका प्रमुख सचेतक एबम् प्रतिनिधिसभा सदस्य विशाल भट्टराई, गाउ“पालिका अध्यक्ष प्रदीप राई, उपाध्यक्ष कविता राई, प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद भट्टराई लगायतले पुरस्कार तथा सम्मान प्रदान गरेका हुन् ।
खोटेहाङ गाउ“पालिकाले बहुदलीय व्यवस्था आएपछि गाविस अध्यक्षमा निर्वाचित भएका १० जना पूर्वगाविस अध्यक्षलाई सम्मान गरेको छ । २०४९ देखि २०५४ र २०५४ देखि ५९ सालसम्म अध्यक्ष बनेका र हालसम्म जिवित रहेका पूर्वगाविस अध्यक्षलाईसम्मान गरेको हो ।
गाउ“पालिकाले २०४९ देखि २०५४ र २०५४ देखि ५९ सम्म खोटेहाङ गाउ“पालिका–२ वाप्लुखाको अध्यक्ष बनेका रञ्जनकुमार राई, २०४९ सालदेखि २०५४ सालसम्म खोटेहाङ गाउ“पालिका–३ सावाकटहरेको अध्यक्ष बनेका भरत पोखरेल र २०५४ सालदेखि २०५९ सालसम्म अध्यक्ष सम्हालेका मिनराज कोइरालालाई सम्मान गरिएको हो ।
२०५४ देखि २०५९ सम्म खोटेहाङ गाउ“पालिका–५ चिप्रिङको अध्यक्ष बनेका मानबहादुर राई, २०४९ देखि २०५४सम्म खोटेहाङ गाउ“पालिका–६ इन्द्रेणीपोखरीका अध्यक्ष बनेका छत्रबहादुर राई, २०४९ देखि २०५४ सम्म खोटेहाङ गाउ“पालिका–७ खोटाङबजारको अध्यक्ष सम्हालेका कमल फुयाल र २०५४ देखि २०५९ सम्म अध्यक्ष रहेका जगत बञ्जरा सम्मानित भएका छन् ।
२०४९ देखि २०५४सम्म खोटेहाङ गाउ“पालिका–८ सिमपानीका अध्यक्ष बनेका जगतबहादुर खड्का र २०५४ देखि २०५९सम्म अध्यक्ष बनेका दीपबहादुर थापा, २०५४ देखि २०५९सम्म खोटेहाङ गाउ“पालिका–९ लिच्कीराम्चेका अध्यक्ष बनेका अर्जुन गैरापिप्लीलाई सम्मान गरिएको छ । पूर्वगाविस अध्यक्षलाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १८–उभौली�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १७–श्रम स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित