खोटाङका सबै शैक्षिक संस्थाहरुमा पठन–पाठन बन्द

  • प्रकाशित मितिः बैशाख १६, २०७८
  • 887 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, बैशाख १६–जिल्लाका सबै शैक्षिक संस्थाहरुले पठन–पाठन बन्द गरेका छन् । कोभिड–१९को जोखिम बढेपछि सबै पालिकाको शैक्षिक संस्थाहरुले पठन–पाठन बन्द गरेका हुन् ।
शिक्षा विकास तथा समन्वय इकाई प्रमुख सेमन्त गौतमका अनुसार शैक्षिक संस्थाहरुमा पठन–पाठन बन्द गरेको हो । गौतमका अनुसार केही पालिकाहरुले नेपाल सरकारको निर्देशन अनुसार यसअघि नै बन्द गरिसकेको थियो । जिल्ला प्रशासन र शिक्षा विकास समन्वय समिति इकाइले पनि बैशाख १५ गते पत्राचार गरेर पठन–पाठन बन्द गर्न आग्रह गरेको गौतमले सुनाए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित