चट्याङले दुई घर जल्यो

  • प्रकाशित मितिः बैशाख १६, २०७८
  • 851 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, बैशाख १६–चट्याङ परेर दुई घर जलेर नष्ट भएका छन् । बैशाख १५ गते असिनापानी सहित परेको चटयाङले रावाबेसी गाउ“पालिका वडा नम्बर–२ दुबेकोलमा ज्ञानबहादुर खड्का र साकेला गाउ“पालिका वडा नम्बर–३ खिदिमका सार्कीमान तामाङको घर जलेको हो ।
जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक अमरप्रसाद गजमेरका अनुसार चट्याङ परेर घर आगलागी हुदा लत्ताकपडा, अन्नपात सबै जलेर नष्ट भएको छ । मानवीय क्षति भने नभएको गजमेरले सुनाए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित