दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले ३२ शैयाको आइसोलेसन सेन्टर स्थापना ग¥यो

  • प्रकाशित मितिः वैशाख १५, २०७८
  • 1630 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ वैशाख १५– दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले ३२ बेडको आइसोलेन सेन्टर स्थापना गरेको छ । कोभिड–१९ को संक्रमण बढिरहेको तथा जिल्लामा पनि संक्रमण फैलने खतरालाई मध्यनजर गर्दै नगरपालिकाले जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र दिक्तेलको भवनमा आइसोलेसन सेन्टर स्थापना गरेका हो ।
नगरपालिकाले नेपाली सेनाको सहयोगमा २७ जना पुरुष र ५ जना महिला संक्रमितलाई राखेर उपचार सेवा उपलव्ध गराउन मिल्ने गरी आइसोलेसन सेन्टर निर्माण गरेको हो । कोभिड–१९ का सक्रीय संक्रमितलाई राखेर उपचार गर्ने व्यवस्थाका लागि आइसोलेसन सेन्टर निर्माण गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका कार्यकारी अधिकृत टेकनाथ दाहालले बताए ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र खोटाङको बैशाख १३ गते बसेको बैठकको निणर्य अनुसार नेपाली सेनाले नगरपालिकाले उपलव्ध गराएको सामाग्रीबाट दुई दिन लगातार आइसोलेसन सेन्टर तयार पारेको प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले बताए । अब उक्त आइसोलेसन सेन्टरमा तत्काल अक्सिजन सिलिण्डरको व्यवस्था गरिने नगरप्रमुख दीपनारायण रिजालले बताए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित