नमस्ते खोटाङ संवाददाता
खोटाङ, असोज ११–गत बैशाख २० गतेदेखि २२ गतेसम्म भएको खुला अन्तर्रा्ष्ट्रिय कराते प्रतियोगितामा २६ लाख ५३ हजार तीन सय ३३ रुपैया“ खर्च भएको सार्वजनिक गरिएको छ । नेपाल सितोरियो कराते संघ खोटाङको आयोजनामा दिक्तेलको माटिकोरे खेल मैदानमा भएको खोटाङ–हलेसी खुला अन्तर्रा्ष्ट्रिय कराते प्रतियोगितामा यत्तिको खर्च भएको बिहीबार जिल्ला समन्वय समितिको सभा हलमा सार्वजनिक गरिएको हो ।
सार्वजनिक कार्यक्रममा नेपाल सितोरियो कराते संघ खोटाङका उपाध्यक्ष मिलन कसजूले २६ लाख ५३ हजार तीन सय ३३ रुपैया“मा सफलतापूर्वक अन्तर्रा्ष्ट्रिय कराते प्रतियोगिता सम्पन्न गरिएको बताए । विभिन्न गाउ“पालिका, नगरपालिका र विभिन्न व्यक्तिबाट २२ लाख ५५ हजार चार सय ९० रुपैया“ आर्थिक तथा व्यक्तिबाट एक लाख छ हजारको भौतिक सहयोग प्राप्त भएकामा अझै दुई लाख १० हजार रकम उठ्न बा“की रहेको कसजूले बताए । प्रतियोगितामा भारत, श्रीलङ्का, भारत, नेपाली सेना, विभिन्न प्रदेश तथा आयोजक टिमको सहभागिता जनाएका थिए । प्रतियोगितामा पा“च लाख एक हजार आठ ४३ रुपैयाँ रकम अपुग भएको आयोजकले जनाएको छ ।
प्रतियोगिताका लागि सवैभन्दा बढी हलेसी तुवाचुङ नगरपालिका र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले प्रदान गरेको संघले जनाएको छ । ऐसेलुखर्क, रावाबेंसी र साकेला गाउ“पालिकाले पनि सहयोग गरेको थियो । सार्वजनिक सुनुवाइ काक्रममा कराते प्रतियोगिता सञ्चालनका लागि सहयोग गर्ने सहयोगीलाई सम्मान गरिएको थियो ।
खोटाङ–हलेसी खुला अन्तर्रा्ष्ट्रिय कराते प्रतियोगितालाई यस वर्ष पनि निरन्तरता दिइने संघका अध्यक्ष सञ्जयकुमार राईले बताए ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत १४–जन्तेढु�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत १४–चैत १५ गत... ... ...
खोटाङ, चैत १४–जन्तेढुङ्गा गाउँपालिकामा बाँसबाट... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत १२–दिप्रुङ �... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत १२–दिक्तेल �... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित